Logo

गाउँगाउँमा लघुबिमा फैलिँदै



काठमाडौं, ९ असोज । मुलुकका ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण लक्षित लघुबिमा कार्यक्रम गाउँगाउँसम्म पुगेको छ।

भविष्यमा आइपर्ने जोखिम बहन गर्न सहज हुने भएपछि लघुबिमा कार्यक्रमले गति लिएको नेपाल बिमक संघ एनआइएले जनाएको छ।

लघुबिमा कार्यक्रम व्यवस्थापनको जिम्मा पाएको संघले नेपाल सरकार तथा बेलायती सहयोग संस्था सक्षमको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

निर्जीवन बिमा कम्पनीको चार करोड तथा सक्षम एक्सेस टु फाइनान्सको चार करोड गरी आठ करोड रूपैयाँमा माइक्रो इन्स्योरेन्स पुल बनाई लघुबिमा कार्यक्रम सञ्चालन भएको संघका कार्यक्रम अधिकृतराजेन्द्र पाठकले बताए।

दुई वर्षअघि सञ्चालन भएको लघुवित्त कार्यक्रम हाल मुलुकका ७२ जिल्लामा पुगेको बताउँदै पाठकले थपे, ‘सरकारले आर्थिक वर्ष ०७५र७६ को बजेटमा लघुबिमा कार्यक्रमलाई प्राथमिकता दिएपछि यसले गति लिएको हो।’ लघुबिमा कार्यक्रममा बिमा कम्पनीले आफ्नो व्यवसायको न्यूनतम १० प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था छ।आजको नागरिक दैनिकमा जिपी भण्डारीले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्