Logo

अध्यक्षमण्डल बनाउनु घातक भयो, पार्टी खत्तम पारे-वृशेषचन्द्र लाल, नेता राजपा



राष्ट्रिय जनता पार्टीका नेता वृशेषचन्द्र लालले पार्टीका बारे सनसनीपूर्ण खुलासा गरेका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

अध्यक्ष मण्डल बनाउनु नै पार्टीको लागि घातक भएको हो ?
अध्यक्षमण्डल बनाउन हाम्रो पार्टीको लागि घातक कुरा भएको छ । जहाँसम्म अधिवेशन भएर अध्यक्षमण्डलको सिस्टम हट्दैन । नीति र सिद्धान्तमा अगाडि बड्दैन तबसम्म महन्थ ठाकुरले मात्रै केही गर्न सक्नुहुन्न ।
राजपामा अधिवेशन नै नहुने भयो नि ?
विना अधिवेशन पार्टी चल्दैन । पार्टी राम्रो दिशामा अगाडि बढ्नका लागि अधिवेशन हुनुपर्छ । त्यसले प्रजातान्त्रिक ढंगले मताधिकार गरेर पदाधिकारीदेखि कार्यसमिति सदस्यसम्म चुनिनुपर्छ । चुनावबाट आएको नेतत्वले मात्रै पार्टीलाई सही दिशातिर डोर्याउँछ ।
तीन–तीन वर्षसम्म एकाधिकार ढंगले अगाडि बढेको छ नि ?
पार्टीभित्रका कार्यकर्ताको अनुसासनले गर्दा मात्रै अभिसम्म पार्टी चलिरहेको छ । अन्य नेताहरु, कार्यकर्ताहरु र शुभचिन्तकहरुको अनुशासनले गर्दा पार्टी अहिलेसम्म चलिरहेको हो । अध्यक्षमण्डलले माखो मार्न सकेको छैन । अहिले महन्त ठाकुर संयोजक हुनुभएको उहाँले पार्टीलाई सही ट्र्याकमा पु¥याउन भूमिका निर्वाह गर्नुपर्छ । उहाँले सही ढंगले अगाडि बढाउन भूमिका खेल्नुहुन्छ कि भन्ने आशा छ ।
महन्थ ठाकुर पनि अध्यक्ष भइसक्नुभएको त्यो बेलामा पनि केही गर्न सक्नुभएन ?

पहिला पनि उहाँ संयोजक हुनुहुन्छ अध्यक्षमण्डल अरुले उहाँलाई काम गर्न दिनुभएन । अहिले पनि उहाँ नै संयोजक बन्नुभएको त्यसमा केही आशा पलाएको छ । उहाँको पनि कार्यकर्ताृ र साथीहरुले गर्न सकिराखेको अवस्था भने छैन । किन भने महन्थ ठाकुर एक्कलैले के गर्न सक्नुहुन्छ र ?
अब राजपालाई विघटन गरिदिए हुन्छ ?
पार्टी अस्तव्यस्त भएको सत्य हो । यो अध्यक्षमण्डको नेतृत्व खत्तम हुन्छ । पार्टीका इमान्दार कार्यकर्ता र साथीहरुको हातमा जबसम्म नेतृत्व पुग्दैन तबसम्म यो पार्टी राम्रोसँग चल्ने अवस्था छ । जब अध्यक्ष मण्डलले पार्टी चलाउन नसक्ने अवस्थामा त्यसको विकल्प खोजिनुपर्छ । भन्ने कुराहरु कार्यकर्ता, साथीहरुको बीचमा आइरहेका छन् । अध्यक्ष मण्डलले अधिवेशन गराउन, पार्टीलाई सही दिशातिर अगाडि बढाउन चाहन्छु । पार्टीलाई चलायमान बनाउन वैकल्पिक जिम्मवारीको भूमिका निार्वाह गर्ने सक्ने व्यवस्थालाई दिनुपर्छ । आमकार्यकर्ता र नेताहरु जसरी भए पनि अधिवेशन गराएर नयाँ नेतृत्व ल्याउनुपर्छ भन्ने पक्षमा छन् । पार्टीको सिद्धान्तअनुसार सही ट्र्याकमा ल्याउने चाहना राखेका छन् ।
नेशनल मेडिकल कलेज वीरगन्जमा मात्र ३२ करोड ठगि भएको छ त्यो तपाईंहरुको प्रदेश होइन ती भ्रष्टलाई कारबाहीको माग गर्न सक्नुह्ुन्न ?
अहिले हाम्रो सरकार छ । त्यसमा पहिलाको भन्दा बढी नै विकास निर्माणका काम भएका छन् । तर, जति गर्न सकिन्थ्यो, त्यति गर्न सकिएको छैन । यसलाई अभैm व्यवस्थित ढंगले अगाडि बढाउन सक्नुपथ्र्यो त्यति भएको छैन । किन भने अहिलेको सरकारसँग जनताले ठूलो शाखा र भरोशा गरेका थिए । देशमा भएका अनियमितता अटाउन अभैm पनि नेताहरु गम्भीर छैनन् । यहाँ पद र व्यक्तिगत लाभ र हानी भन्दा पनि जुन मूल एजेन्डा हो जसले मधेसको विकास निर्माण र पार्टीलाई गतिशील बनाउन भूमिका खेलेकाुे हुनुपर्छ । पहिलाको भन्दा अहिले गाउँ, ठाउँमा धेरै विकास कामहरु भएका छन् । संघीयताको जनताले पनि महसुस गरिरहेका छन् । यसकै कारणले गाउँगाउँमा यातायातको व्यवस्था गरिएको त्यो पनि त्यही हो । यो सरकारको साइज अनुसार अभैm व्यवस्थित गर्न सकिन्थ्यो किन भएको छैन मलाई पनि अचम्म लागेको छ । मेलिकल माफियाहरु, वनका माफियाहरु, जग्गाका माफियाहरु जो छन् उनीहरुलाई कसरी नियन्त्रित गर्ने भनेर लाग्नुपर्छ । पार्टीको नेतृत्वले यो कुरा सोचिराख्नुभएको छैन । एउटै जेनेरेसनले सबै काम गर्न सक्दैन । वैकल्पिक व्यवस्थामा पनि पार्टी जानुपर्छ । पार्टीलाई अप्ठ्यारो अवस्था आयो भने हामीले केही गर्न पाउँन । नेतृत्वलगायत सबै पार्टीका नेता, कार्यकर्ता एकजुट भएर अगाडि बड्न्पर्छ । अनि मात्र पार्टी बलियो ठोस दिशा दिन सक्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्