Logo

खोपको गलत प्रयोग शिशुको लागि खतरा



यस आधुनिक युगमा अभिभावकहरु आफ्नो बच्चाहरुको लागि धेरै जागरुक भएको देखिन्छ । विशेषगरी भर्खर जन्मेका शिशुहरुको लागि अभिभावकहरु धेरै सचेत भएका छन् । विभिन्न रोगहरुबाट बच्न र बचाउनको लागि शिशुलाई जन्मेपछि विभिन्न रोगसँग लड्न नियमित रुपमा खोप लगाइने गरिन्छ । खोप शिशुको जीवनमा अति आवश्यक छ ।

शिशुको हेरविचार गर्नु, स्वस्थ राख्नु, पोषणयुक्त तत्वआदि प्रदान गर्नु अभिभावकहरुको दायित्व हो । योसँगै अभिभावकले शिशु जन्मेपछि दिइने विभिन्न किसिमका खोपहरुमा पनि ध्यान दिनुपर्छ ।

शिशुलाई एकै पटकमा एक भन्दा बढी खोप लगाउँदा शिशुको शरीर कम्जोर हुन्छ । यसले शिशुको वृद्धि विकासमा ठूलो असर पर्ने हुँदा रोग अनुसारको विभिन्न प्रकारका रोगप्रतिरोधात्मक खोपहरुको छुट्टा छुट्टै समय र उमेर तोकिएको छ । तोकिएको समयअवधिमा शिशुलाई खोप लगाउँदा शिशुको शरीरलाई कुनै भार पर्दैन, जसले गर्दा उसको शरीर स्वस्थ रहन्छ र प्रतिरक्षा प्रणालीको विकास गराउँछ ।

तोकिएको समयअवधि र उमेरमा खोप नलगाएर पछि लगाउँने पर्खाइमा बसेको बच्चाको स्वास्थ्यमा निकै ठूलो असर पर्छ । बच्चाको शरीर कम्जोर रहेको कारण संक्रमण लाग्ने खतरा बढी हुने गर्छ । आमाको दूधले पनि शिशुको प्रतिरक्षा प्रणालीको विकास गर्दछ तर, यो लामो समयअवधिको लागि नहुने भएकाले खोप अनिवार्य छ ।



प्रतिक्रिया दिनुहोस्