Logo

विमान एमएच ३७० को रह्स्यमय खुलासा



मलेशियन विमान एमएच ३७० हराउनुको रहस्य पत्ता लागेको छ । अन्तरराष्ट्रियकर्मीले विमानको रहस्य चार वर्षपछि पत्ता लागेको जनाएका छन् । सन् २०१४ मा क्वालालम्पुर देखि बेइजिङ्ग जादै गरेको विमान अचानक हराएको थियो । २३९ जना यात्रुहरु बोकेको उक्त विमान एक्कासी हराउनु रह्स्यमय रहेको जनाइएको छ ।

विमानका क्याप्टेनले जानीजानी होशियारपूर्वक योजना बनाएर विमान दुर्घटना गराएको सार्वजनिक गरिएको छ । क्याप्टेन जाह्हरी अहमद शाहले विमानमा सवार सबै यात्रुलाई बेहोस पारेका थिए । बेहोस भएको कारण कसैले आपत्तकालिन फोन कलसमेत गर्न पाएनन् । दक्षिणी भारतीय सागर लैजानु भन्दा अघि शाहले उक्त बिमानलाई आफ्नो घर तर्फ मोडेर अन्तिम बिदाई समते लिएका थिए ।

प्रशिक्षक साइमन हार्डीका अनुसार शाहले सैन्य रडार पहिचानलाई बेवास्ता गरेका थिए । उनले विमानलाई कसैको सहायता बिना मलेशियन बोर्डरतिर एक्लै उडान गरिरहे । यस कुराले यो प्रमाणित हुन्छ कि विमान सबै उनको नियन्त्रणमा थियो । पिडित परिवारहरुले फोसेन्सि रिपोर्टको प्रमाणबिना कुनै पनि कुरालाई विश्वास नगर्ने जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्