Logo

संयुक्त राष्ट्रसंघ हल्लाउने १६ वर्षिय बालिका



यो आधुनिक युगमा प्राय अधिकांश मानिसहरु धेरै सुविधाभोगी भएका छन् । सबैजना आफ्नो व्यक्तिगत सहजताको लागि मात्र सोचिरहेको बेला एक १६ वर्षिय बालिकाले मानव जीवनको अस्तित्वसँगै पृथ्वीमा भएका सबै सजिव प्राणीहरुको लागि चिन्ता व्यक्त गरेकी छिन् ।
स्वीडेनकी ग्रेटा थुनबर्ग नाम गरेकी उक्त बालिकाले संयुक्त राष्ट्रसंघमा रहेका विश्वका ठूला नेताहरुलाई चकित बनाउने र ध्यानाकर्षण गर्ने भाषण दिएकी छिन् । उनले एक जलवायू कार्यकर्ताको हैसियताले राष्ट्रसंघमा भाषण दिएकी हुन् । उनको त्यो भाषणले विश्व नै हल्लाएको छ ।
ग्रेटाले आफ्नो र आफु जस्तै थुप्रै बालबालिकसँगै अब आउने पुस्ताका बालबालिकाहरुलाई अन्याय गरेको जनाएकी छिन् ।

उनले बालबालिकाको सपना र भविष्यमाथि खेलबाड भएको र वातावरण प्रदूषित गरेकोमा विश्वका नेताहरुमाथि आरोप लगाएकी छिन् । नेताहरुले आफ्नो दायित्वलाई व्यवास्था गरेकोले आफ्नो लेख्ने, खेल्ने, कुद्ने र रमाउनेबेलामा विश्व विनाशतिर लागेको बारेमा सबैलाई सचेत गराउनु पर्दा आफुलाई नरमाइलो लागेको उनको भनाई रहेको छ ।

नेताहरुले झुठो भाषण दिएर आफ्नो कर्तव्यबाट टारिएर पद र पैसाको पछि लागेर आफ्नो कुरा नसुनेको आरोप लगाएकी छिन् । उनले आफ्नो मात्रै नभएर सम्पूर्ण जीव र प्राणीहरुकै जीवन संकटमा रहेको बताउँदै पृथ्वीलाई क्षेति पूराउने कसैको अधिकार नभएको जनाएकी छिन् । उनले सम्पूर्ण देशका नेताहरु र प्रतिनिधिहरुलाई समयमै विचार गर्न चेतावनी दिएकी छिन् । उनले सबैलाई आफ्नो भाषणतिर ध्यान आर्कषण गरी सोच्न बाध्य बनाएकी छिन् । नेताहरुलाई ग्रेटाले राक्षेसको रुपबाट सम्बोधन गर्दै नेताहरुमाथि विश्वास नरहेको जनाइन् ।
नेताहरुको काममाथि आफ्नो आखा रहेको बताइन । ग्रेटा र उनका १५ सहयोगी मित्रहरुले पांच देश माथि बाताबरणलाई संकटमा राखेको कारण कानुनी उजुरी दायर गरेकी छिन् । अर्जेन्टिना, ब्राजील, फ्रान्स, जर्मनी, र टर्की जस्तो देशहरु माथि उजुरी परेको छ । –Photo Source: Teen Vogue 



प्रतिक्रिया दिनुहोस्