Logo

‘नेपालका कम्युनिष्टहरु चिनियाँ नेताहरु बोलाएर ट्युसन पढ्न लागे’



शरद रेग्मी : दाङ, ९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिस्टहरु आफ्नै अन्तरकलहका कारण सिद्धिने निश्चित रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस दाङले श्रीगाउमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता पौडेलले दुई पार्टीको एकीकरण पछि पनि देखिएको गुट तथा उपगुट र अन्तरद्धन्दका कारण दुई तिहाईको सरकार समेत अप्ठ्यारोमा परेको बताए ।

नेपाली काङ्ग्रेसका रहेका पौडेलले नेपालमा कम्युनिस्ट ब्यबस्था असफल भैसकेको भन्दै चिनबाट कम्युनिस्टका नेताहरु बोलाएर टिउसन पढन लागेको बताए । उनले अरुले सिकाएको कम्युनिष्ट ब्यबस्था झन कहिल्यै सफल हुन नसक्ने प्रष्ट पारे ।

कार्यक्रममा बोल्दै नेता पौडेलले बर्तमान सरकार महँगी, भ्रष्टाचार र लुटतन्त्र मच्चाउन लागिपरेको भन्दै नेपाली काङ्ग्रेसले सरकारका बिरुद्धमा देशब्यापि खबरदारी र निरन्तर सडक र सदनबाट आन्दोलन गर्ने समेत बताए ।

मसिरमा हुन गैरहेको दाङ क्षेत्र न ३ ख मा हुने प्रदेश सभा निर्वाचन लाई लक्षित गरि पश्चिम दाङमा आयोजना गरिएको कार्यक्रममा नेता पौडेलले आगामि निर्वाचनमा काङ्ग्रेस कार्यकर्ताहरुले मात्रै रुखमा बोट हाले ढुक्कसँग काङ्ग्रेसको विजयी हुने बताए ।



प्रतिक्रिया दिनुहोस्