Logo

प्रधानमन्त्री ओली गोप्य छलफलमा, यस्तो हुँदैछ मन्त्री र मुख्यसचिव हटाउने तयारी



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय सरकार संचालनबारे गहन छलफलमा जुटेका छन् ।

सरकारको काम कारबाहीप्रति निरन्तर चौतर्फी आलोचना भएपछि ओलीले केही महत्वपूर्ण निर्णय गर्नका लागि छलफलमा जुटेका हुन् । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका ओलीले अर्का अध्यक्ष दाहाललगायत शीर्ष नेताहसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री केपी ओली केही मन्त्रीहरुसँग असन्तुष्ट भएपछि के गर्ने भन्नेमा छलफल गरेका हुन् । विहिबार मन्त्रीहरुसँगको कार्यसम्पादन सम्झौतासम्बन्धी छलफलमा पनि ओली असन्तुष्ट देखिएका थिए । उनले मन्त्रीहरुलाई बजेट कार्यान्वयन र कार्यसम्पादन सम्झौताबमोजिम काम गर्न निर्देशन दिएका थिए ।

ओली पछिल्लो समय मुख्यसचिव लोकदर्शन रेग्मीसँग पनि असन्तुष्ट देखिएका छन् । रेग्मीलाई मुख्यसचिवबाट हटाउनेसम्मको निर्णय गर्न सक्ने बताइएको छ ।

प्रधानमन्त्री ओली चौतर्फी आलोचनालाई सम्बोधन गर्नका लागि जस्तोसुकै कदा चाल्न पनि पछि नहट्ने मनसायमा पुगेको बताइन्छ । सकेसम्म दशैँ अगाडि नै वृहत छलफल गरेर राम्रो काम गर्न नसक्ने मन्त्रीहरुलाईसमेत हटाउने मनसायमा उनी पुगेको संकेत धेरैले गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्