Logo

दश करोड टाउकाको मूल्य तोकिएका ओसामा बिन लादेनपुत्र हम्जा



ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको मृत्युको पुष्टि १४ सेप्टेम्बर २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए । अफगानिस्तान र पाकिस्तान क्षेत्रमा संयुक्त राज्य अमेरिकाको आतंकवाद विरोधी अभियानमा बिन लादेनको मृत्यु भएको पुष्टि गरेका हुन् । उनि निकै लडाकु स्वभावका थिए ।

को हुन् हमजा बिन लादेन
हमजा बिन लादेनको जन्म सन् १९८९ मा साउदी अरबको जेदामा भएको हो । उनी ओसामाका तीन पत्नी मध्ये खैरिया सबारका छोरा हुन् । १७ वर्षको उमेरमा उनको विवाह भएको थियो । हमजा किशोर अवस्था देखि नै अल कायदामा आवद्ध थिए । जमात अन्सार अल–फुरकान बिलाद अल शम नामक जिहादी गिरोह सिरियामा अबध रहेको थियो । उक्त गिरोहको संचालक हमजा नै रहेको समेत बताएका छन् ।

तालिबान र अमेरिकाबीच २००१ देखि २०१४ सम्म रहेको हुँदा हमजाको भूमिका उक्त लडाईमा निकै रहेको थियो । त्यसै गरि उत्तरी र पश्चिमी पाकिस्तानको लडाईमा समेत उनको निकै ठुलो हात रहेको दाबी गरिएको थियो । सिरियामा रहेको गृह युद्मामा पनि उनीद्वारा संचालित गिरोह रहेको दाबी गरिएको थियो । हमजाको बुवा ओसामा बिन लादेनको २०११ मा निधन भएपछि उक्त कुर्सी र गिरोहलाई हेरचाह गर्ने हमजÞा नै रहेका थियो ।

२०११ मा ओसामा बिन लादेनको घरमा छापा हान्दा अबोटाबादमा केवल हमजा मात्र नरहेको दाबी समेत गरेका थिए । पछि हमजा त्यहाँ नरहेको दाबी समेत गरेका थिए । जुलाई २०१६ मा उनले संयुक्त राज्य अमेरिकालाई डर लाग्दो बयान समेत दिएको बताएका छन् करिब २१ मिनट लामो भाषण उनले दिएका थिए । आफ्नो बुबाको मृत्युको कारण बताउदै अमेरिकालाई दम्की दिएका थिए र हामी सबै ओसामा हो भन्दै नारा समेत लगाएका थिए ।

दम्कीपछि अमेरिकाले उनलाई आतंकवादी घोषणा गरेका थिए । हमजाको जानकारी दिने व्यक्ति र समूलाई २ फरबरी २०१९ मा संयुक्त राज्यले करिब दश लाख डलरको उपाधि दिने निर्णय गरेका थिए । ट्रम्पको सुरुवाती कार्यकालमै हम्जा मारिएको जनाएएको थियो । यसको अधिकारिक रुपमा पुष्टि नभएपछि उक्त पुरस्कार घोषणा गरिएको थियो । विभिन्न आतंकवादी समूहहरूको योजना र व्यवहारको लागि जिम्मेवार रहेको आरोपमा उनी मारिएको भनिएपनि अन्य विवरण अझै खुलाइएको छैन ।- एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्