Logo

मेस्सीको कमाई कति



लियोनल मेस्सी अर्जेन्टिनामा श्रमजीवी परिवारमा जन्मेका थिए । मेस्सीका बुबा फ्याक्ट्री स्टिल मजदुर थिए । आमा क्लीनर थिइन् । मेस्सीको फुटबलमा निकै प्रतिभाशाली थिए ।

११ वर्षको उमेरमा उनलाई ग्रोथ हार्मोनको कमी भएको थियो । जसका कारण उनले निकै समस्या झेल्नु परेको थियो । यो अवस्थाले मानवीय विकासलाई रोक्छ र मानव विकास हार्मोनको प्रयोगमा उपचार महँगो हुन्छ । त्यसकारण उनको उपचारमा परिवारलाई हम्मे भयो ।

फोर्ब्सका अनुसार स्पेनका एफसी बार्सिलोनाका लागि स्टार फारवर्ड र अर्जेन्टिनाको राष्ट्रिय टोलीका कप्तान लियोनेल मेसी २०१९ फोर्ब्स म्यागजिन अनुसार फ्लोड मेवेदर पछि विश्वको सबैभन्दा बढी तलब पाएका खेलाडी हुन् । २०१७ मा, मेस्सीले १११ मिलियन डलर कमाएका थिए , जसमा एफसी बार्सिलोनासँग सम्झौता विस्तारमा ८० मिलियन डलर भन्दा धेरै र कमाई सम्झौतारूबाट २७ मिलियन डलर थपिएको थियो । उनको कुल सम्पत्ति कथित ४०० मिलियन डलर रहेको छ ।

सम्झौता
मेस्सीसँग एडिडास सँग स्थायी जीवनकालको सम्झौता गरेका छन् । यसले उनलाई एक वर्षमा १२ करोड भन्दा बढी मूल्य बराबरको रकम दिने गर्छ । उनीसँग एफसी बार्सिलोनासँगको अनुबन्धन २०२० देखि २०२१ सिजनसम्म विस्तार गरिएको छ । जसका लागि उनलाई प्रति वर्ष ३३ मिलियन डलर प्राप्त हुन्छ । यी सम्झौताको प्रभावले उनलाई विश्वमा सब भन्दा बढी भुक्तान गर्ने फुटबल खेलाडी बनाउनेछ। मेस्पीसँग पेप्सी–कोला (पीईपी)र हुआवेइ जस्ता कम्पनीहरूसँग एन्डोर्समेन्ट डिलहरू छन् । ईएसपीएनका अनुसार चीनले २०२० मा फुटबल खेलाडीको नाममा एउटा थीम भागको नाम राख्ने योजना गरिरहेको छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot