Logo

भावी प्रधानसेनापति को ? पक्का भयो



काठमाडौं १० असोज । सरकारले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि एक वर्ष दुई महिना १५ दिन म्याद थप गर्ने निर्णय गरेको छ। उनको म्याद थपसँगै नेपाली सेनाको भावी सेनापति रोलक्रम निश्‍चित भएको छ। उपरथी शर्मालाई कुनै बाधा अड्चन नआएको खण्डमा प्रधानसेनापति बन्ने बाटो खुलेको छ। युद्धकार्य महानिर्देशक समेत रहेका शर्माको पदावधी थप भएपछि भावी सेनापतिको रोलक्रमबारेको अन्योल सकिएको छ।

भावी सेनापति रोलक्रमलाई लिएर अन्योल र चलखेल नहोस् भनेर प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिले नै शर्माको बाटोलाई सुरक्षित गरिदिएका छन्।
शर्माको उपरथीको तीन वर्षे नियमित पदावधी आगामी कात्तिकमा समाप्त हुँदैछ। सेनापतिको सिफारिसबमोजिम मन्त्रिपरिषदले म्याद थपको निर्णय गरेको हो।

बलाध्यक्षरथी गौरव तण्डुलले वैशाख १९ मा अवकास पाएपछि शर्मा रथीमा बढुवा हुनेछन्। अर्का रथी शरद गिरीले समेत असार ६ गते अनिवार्य अवकास पाउनेछन्। गिरी र तण्डुलको अवकासपछि शर्मा सेनापतिको स्वभाविक रोलक्रममा बस्‍नेछन्।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसंगै शर्मा उनको ठाउंमा नेपाली सेनाको प्रधानसेनापति बन्‍नेछन्।  अन्न्पूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्