Logo

एटिएम बुथमा अब सुरक्षा गार्ड राखिने



काठमाडौं १० असोज । बैंकिङ प्रणाली ह्याक गर्ने चोरहरुले एटिएम बुथबाट पैसा निकाल्न थालेपछि केन्द्रीय बैंकले एटिएम बुथमा सुरक्षा गार्ड राख्न बैंक, वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकको निर्देशनसँगै बैंक, वित्तीय संस्थाले अब आफ्नो एटिएम बुथमा एकजना सुरक्षा गार्ड अनिवार्य राख्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले बिहीबार एक विज्ञप्ति जारी गरी भुक्तानी सेवा प्रदायक बैंक, वित्तीय संस्थालाई अनिवार्य रुपमा २४ सै घण्टा सुरक्षा गार्ड राख्न निर्देशन दिएको छ ।

केही अघि चिनियाँ नागरिकले विभिन्न बैंकका एटिएमबाट साढे तीन करोडभन्दा बढी रकम निकालेपछि एटिएम बुथमै सुरक्षाकर्मी खटाउनुपर्ने आवश्यकता महसुस गरिएको हो । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्