Logo

एउटै महिलाका दुई नागरिकता, बुवाको नाम फरक फरक



स्याङ्जा, १० असोज । स्याङ्जामा एक महिलाले दुईवटा नेपाली नागरिकताको प्रमाणपत्र लिएको भेटिएको छ।

हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको दुई वटा नागरिकता लिएको तथ्य खुलेको छ। ती महिलाले पहिलो नागरिकता साविकको कुवाकोट गाविस वडा नं ३ ९हालको चापाकोट नगरपालिका १०० को ठेगाना राखेर २०६० मङ्सिर ८ गते १३४९९ नम्बरको नागरिकता प्रमाणपत्र लिएकी छिन्।

उक्त नागरिकतामा बाबुको नाम गोविन्दबहादुर राना उल्लेख गरिएको छ। त्यस्तै तीनदोबाटे गाविस वडा नं ९ ९हाल गल्याङ नगरपालिका–८० को ठेगाना राखेर हेमाले विसं २०६५ मङ्सिर ५ गते ४२२०२८ नम्बरको अर्को नेपाली नागरिकता प्रमाणपत्र लिएकी छिन्। त्यसमा उनको जन्ममिति विसं २०४५ वैशाख १७ गते र बाबुको नाम नरेश्रवर गाहामगर उल्लेख छ।

पहिलो कुवाकोट ठेगाना राखेर लिएको नागरिकतामा शाखा अधिकृत धीरेन्द्र बानियाँको हस्ताक्षर रहेको छ भने अर्कोपटक लिएको नागरिकतामा थमनसिंह थापाको हस्ताक्षर रहेको छ। पहिलो नागरिकताबाट रानाले २०२६२७० नंको राहादानी समेत बनाएको बुझिएको छ।

यसरी दुई नागरिकता लिएर पटक–पटक धम्की दिएको भन्दै इन्द्रकुमारी गाहाले दुई नागरिकता लिने हेमा राना र नागरिकता लिनका लागि सहयोग गर्ने बुद्धिमाया गाहा रेनुका थापा सौतेनी सासुलाई कारवाहीसँगै नागरिकता बदर गर्न माग गर्दै इलाका प्रशासनमा मङ्गलबार निवेदन दिएपछि हेमा रानाले दुई नागरिकता लिएको खुलासा भएको हो। आजको नागरिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्