Logo

आज विश्व पर्यटन दिवसः गत बर्षभन्दा नौ प्रतिशत मात्रै बृद्धि



काठमाडौं, १० असोज । आज विश्व पर्यटन दिवस । राजधानीमा विधिध कार्यक्रम गरि आज विश्व पर्यटन दिवस मनाइदै छ । सरकारले सन् २०२० लाई नेपाल पर्यटन बर्ष मनाउने तयारी जोडतोडका साथ गरेको जनाएपनि पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुन सकेको छैन ।

सन् २०१९ को आठ महिनामा करिव साढे सात लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार अगस्ट महिनासम्म स्थलमार्ग र हवाई मार्ग हुँदै कुल सात लाख ४२ हजार छ सय पर्यटक नेपाल आएको जनाइएको छ ।

यो संख्यामा अधिल्लो वर्षको आठ महिनामा आएका पर्यटकको संख्याको तुलनामा नौ प्रतिशतले बढेको हो । गत बर्षको अगस्टसम्ममा करिव छ लाख ८१ हजार पर्यटन नेपाल आएको बिभागको तथ्याङक छ । यस बिचमा सबै भन्दा धेरै पर्यटक भारतबाट आएका छन् ।

भारतबाट मात्रै एक लाख ४२ हजार दुुई सय ८८ पर्यटक नेपाल भित्रिएका छन् । भारतबाट चिनबाट आएका पर्यटक दोस्रोस्थानमा रहेका छन् । चीनबाट छ लाख ५० हजार पर्यटक नेपाल भित्रिएका छन् । गत बर्षको समीक्षा अवधिको तुलनामा नौ प्रतिशत भन्दा माथी हुन आउने बिभागले जनाएको छ ।

भारतसहित सार्क राष्ट्रबाट कुल दुईलाख चार हजार एक सय ९२ पर्यटक नेपाल आएका छन् । एसियाबाट मात्रै दुई लाख आठ हजार आठ सय ५० पर्यटक नेपाल आएका छन् । यूरोपबाट गतबर्षको तुलनामा खासै पर्यटक बढ्न सकेको छैन ।

अधिल्लो अगस्टमा एक लाख ३२ हजार ११ जना पर्यटक युरोपका विभिन्न देशबाट आएकोमा अहिले जम्मा तीन प्रतिशले मात्र बृद्धि भएको छ । अहिले एक लाख ३६ हजार पर्यटक एक सय ९८ पर्यटक नेपाल आएका छन् ।



प्रतिक्रिया दिनुहोस्