Logo

गाँजा खेती नष्ट



धादिङ, १० असोज । प्रहरीले अवैध रुपमा लगाईएको गाँजा खेती नस्ट गरेको छ । थाक्रे गाउँपालिका ३ डाँडाखर्क, टोड्केडाँडा र भञ्ज्याङखर्क्स्थित करिब ४ सय ५० रोपनी जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती ८ असोजमा प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय खानीखोलाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्