Logo

चन्द्रयान २ विक्रम चन्द्रमामा बेपत्ता



चन्द्रयान २ को विक्रम ल्याण्डर चन्द्रमामा ल्यान्ड गरेपछि हराएको छ । विक्रम यानले चन्द्र सतहमा कडा अवतरण गरेपछि त्यसको स्थितीबारे केही थाहा नभएको नासाले जनाएको हो । नासाले चन्द्रयान २ ल्याण्डिङ साइटका केही नयाँ र “हार्ड रिजोलुसन” तस्विरहरु सार्वजनिक गरेको छ ।

नासाले २६ सेप्टेम्बरमा तस्विरहरु ट्वीट गर्दै भारतको चन्द्रयान–टु को विक्रम ल्याण्डरको ल्याण्डिङ साइटका तस्विरहरु खिचिएको तर अँध्यारोमा तस्विर खिच्दा ल्याण्डरको स्थितीबारे पत्ता नलागेको कुरा उल्लेख गरेको छ । अर्काे महिना अक्टोबरमा धेरै प्रकाश हुँदा थप तस्विरहरु खिच्ने नासाले जनाएको छ ।

नासाका अनुसार चन्द्रयान २ को विक्रम ल्याण्डर ७ सेप्टेम्बर मा चन्द्रमाको सतहमा बेस्सरी ठोक्किएको थियो अर्थात हार्ड ल्याण्डिङ गरेको थियो । आशा गरे अनुसारको ल्याण्डिङ नभएकोले त्यो घटनापछि चन्द्रयान २ को इसरोसँग सम्पर्क टुटेको थियो । भारतको चन्द्रमामा विक्रमको सफ्ट ल्याण्डिङ गराउने पहिलो प्रयास असफल भएको छ ।

नासाले अहिलेसम्म आफ्नो टिमले विक्रम ल्याण्डरको तस्बिर खिच्न वा उसको लेकेशनबारे पत्ता लगाउन सफल नभएको जनाएको छ । वेबसाइटमा बताइए अनुसार जब यी तस्बिर खिचियो तब अँध्यारो थियो र विक्रम ल्याण्डर ठूल्ठूला छायाँमा कतै लुकेको हुनसक्ने आशंका गरेको छ । नासाले स्पेसक्राफ्ट कुन लोकेशनमा ल्याण्ड भयो अहिलेसम्म निश्चित रुपमा भन्न नसक्ने जनाएको छ । Photo Source: Nasa Twitter



प्रतिक्रिया दिनुहोस्