Logo

“झण्डा र सिद्धान्त मिलेको छ, त्यसैले चिनियाँ कम्युनिष्ट पार्टीसँग हाम्रो निकटता छ”



नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग उप–प्रमुख विष्णु रिजालले चीनसँग पार्टीको विशेष सम्बन्ध र निकटताबारे खुलासाहरु गरेका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

नेपालमा त विदेशी राजनीतिले प्रभाव पा¥यो नि अब तपाईंहरु चीनमुखी भएको हो ?
प्रभाव पार्नु ठूलो होइन । एक देशले अर्को देशको राजनीतिप्रति कुनै जिज्ञासा राख्नु, के भएछ भनेर बुझ्न खोज्नु स्वभाविक हो । तर, यसकै आधारमा कुनै देशसँग जोडेर त्यतातिर उन्मुक्ति भएको भन्नु गलत कुरा हुन्छ । हाम्रो चीनसँग आफ्नै मित्रवत सम्बन्ध छ । हाम्रा आफ्नै विशेषताहरु छन् । हामी एकअर्कालाई उच्च सम्मान गर्दछौं । सम्मान गर्दैमा कसैमुखी हुने भन्ने प्रश्नै आउँदैन ।
तपाईंहरुको आफ्नै विचार छैन, सि जिन पिङको विचारतिर लाग्नुभयो नि ?
यसलाई यसरी ब्याख्या गर्नुहुँदैन । किन भने हामीले आफ्ना विशेषतामा आधारित सिद्धान्त अँगाल्दै आएका छौं । अहिले नेपाल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको इतिहास हेरियो भने हामीले आफ्नै मौलिक कार्यक्रमहरु बनाउँदै आएका छौं । बहुदलीय जनवादको अभ्यास गरेर आयौं । यसलाई एक्काइशौं शतब्दीको जनवाद भनिन्छ । बहुदलीय जनवादको रुपमा साझा कार्यक्रम अगाडि ल्याएका छौं । कुनै देशको नेतासँग छलफल, विचार आदानप्रदान हुने बित्तिकै त्यो विचारधारा अँगालिहाल्यो, त्यही नै नेकपाको नीति भयो भनेर बुझनुहुँदैन । छलफल अन्तत्र्रिmया विभिन्न पार्टीहरुका बीचमा हुन्छन् । एशियाली राजनीतिक पार्टीहरुको एउटा संस्था छ । त्यसमा नेपालबाट नेपाली कांग्रेस, नेकपा एमाले सबै संलग्न रहँदै आएका छन् । त्यसले विदेशका दलहरुको नीति नेपालमा लागु गरेका छौं त ? नेपाली कांग्रेसको पनि विभिन्न देशका पार्टीहरुसँग सम्बन्ध छ । वीपी कोइरालाको पालादेखि भारत हुँदै वर्मासम्म पुगेको इतिहास छ । भारतका समाजवादी पार्टीहरुसँग वीपी कोइरालाको धेरै राम्रो सम्बन्ध थियो । उहाँले आफ्नो आत्मकथामा भन्नुभएको छ । ‘चुनावमा जय प्रकाश नारायणलाई मैले एक लाख रुपैयाँ चन्दा उठाएर पठाइदिएँ, त्यही कारणले इन्दिरा गान्धी मसँग रिसाइन् कि’ भनेर उहाँले आत्मथामा भन्नुभएको छ । त्यसैले पहिलादेखि विभिन्न देशका राजनीतिक पार्टीहरुसँग सम्बन्ध रहँदै आएका छन् ।
अहिलेको अवस्थामा तपाईंहरुले ‘सि’ थपलाई अंगिकार गरेको हो कि होइन ?
त्यो विलकुलै होइन ।
नेपाली कांग्रेसले त यो सरकार चीनतिर ढल्किसक्यो भनेको छ नि ?
यसले हाम्रा प्रतिपक्षी मित्रहरुसँग राजनीतिक एजेन्डाको खडेरी छ । हामीले प्रष्ट रुपमा भनेका छौं । उहाँहरुका विचार हामीले सुन्ने र हाम्रा पनि सुनाउने हो । एकअर्काको अनुभव आदानप्रदान गर्नु भनेको कसैप्रति आफ्ना विचार लाद्ने होइन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले उद्घाटन समारोहमा प्रष्ट रुपमा भन्नुभएको छ । व्यवस्था जतिसुकै सुन्दर भए पनि नक्कल भनेको नक्कल नै हो भनेर । हामी कसैको नक्कल गर्दैनौं कुरा सुन्छौं । राम्रा छन् भने त्यसबाट शिक्षा लिन्छौं । आफ्नो मौलिक ढंगले हामी लागु गर्दछौं भनेर पार्टी अध्यक्षले नै सुरुमै भन्नुभएको छ । यसमा विपक्षीले तिललाई पहाड बनाएर आफ्नो राजनीतिको दुनो सोझ्याउने काम गरेको छ ।
तर, विचारधारासँग तपाईंहरु नजिक हुनुहुन्छ भन्ने त देखियो नि ?
यसमा लुकाउनुपर्ने केही छैन । माक्सवाद, लेनिनवाद हाम्रो पनि मार्गदर्शन सिद्धान्त हो । चिनीयाँ कम्युनिस्ट पार्टीको पनि मार्कदर्शन सिद्धान्त त्यही हो । हँसियाँ हथौडाको झण्डा हाम्रो पनि हो चिनीयाँ कम्युनिस्ट पार्टीको पनि हो । यसले गर्दा पार्टीगत रुपमा निकटता छ । सिद्धान्तगत रुपमा हाम्रो निकटता छ भनेर हामीले लुकाएकै छैनौं । यो आज आएर भएको होइन । जतिबेलादेखि पार्टी स्थापना भयो त्यतिबेलादेखि नै कम्युनिस्ट भएको नाताले निकटता छ । विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा हाम्रो सहकार्य छ ।
बीआरआईको कुरा गरिरहनुभएको छ, यो व्यवहारले अमेरिका र भारतले तपाईंहरुलाई हेर्ने दृष्टिकोण कस्तो हो ला ?
बीआरआई हाम्रो मात्रै कार्यक्रम होइन । म यसमा स्पष्ट पार्न चाहन्छु । यसमा नेपाली कांग्रेस नेता डा. प्रकाश शरण महत परराष्ट्र मन्त्री भएको बेला बीरआरईको फ्रेम वर्कमा हस्ताक्षर भएको छ । त्यसकारण यी कुराहरुलाई यो कार्यक्रमसँग जोड्नु हुँदैन । भारत र अमेरिका जस्ता ठूला मुलुकहरु जससँग हाम्रो वषौंदेखि राम्रो सम्बन्ध रहँदै आएको छ । उनीहरु हाम्रा विकासका साझेदार मुलुकहरु हुन् । सुखदुःखका साथीहरु हुन् । उनीहरुसँग हाम्रो देशको जुनखाल सम्बन्ध छ यसमा कुनै पनि फरक पर्दैन । म यहाँनेर अनुुरोध गर्दछु, राष्ट्रवादको विषय त्यस्तो प्रभाव पार्दैन । राष्ट्रिय स्वार्थले असर पार्ने हो । अहिले अमेरिकाले अगाडि सारेको इन्डोप्यासेफिक रणनीतिमा सुरुमै अस्ताक्षेर गर्ने मुलुकहरु मध्ये यी मुलुकहरु छन् त्यसमा भियतनाम पनि छ ।
इन्डोप्यासेफिकमा त नेपालको पनि समर्थन छ, हाम्रो परराष्ट्रमन्त्री अमेरिका गएर त्यहाँ परराष्ट्र मन्त्रीसँग भटेकै हो नि ?
अमेरिकाले त यसमा हामीले हस्ताक्षेर गर्नुपर्ने विषय नै होइन भनेको छ ।
तपाईंहरु चीन निकट भएको देखेर अमेरिकामा चिसोपन देखिएको छ नि ?
नेपाल जस्तो देशको सीमाना र काम अमेरिकाले बुझेको छैन भन्ने म ठान्दिँन । अमेरिका र चीनबीचमा जुन तहको सम्बन्ध र विवादका विषयहरु छन् । त्यसमा नेपाल जस्तो सानो मुलुकको सम्बन्धले घटाउने बढाउने कुनै हुँदैन । उहाँहरुको आफ्नै खाले सम्बन्धहरु छन् । अहिले पनि सबैभन्दा ठूलो ट्रेड पार्टनर अमेरिका र चीन पर्दछन् । हामीले गर्दा चीन र अमेरिकाबीचको सम्बन्ध बिग्रिने वा सप्रिने भन्ने हुँदैन ।
पञ्चाशीलको आधार विदेश नीति बनाउँछौं भन्नु भएको छ तर, तपाईंहरुले नीति त चीनसँग चल्ने भयो नि ?
यो विलकुलै होइन । यसले परराष्ट्र नीनिमा कुनै फरक पर्दैन । हामी पञ्चशीलको नीतिमा अठिक छौं । हामी दुई ठूलो मित्र राष्ट्रहरुसँस मित्रवत सम्बन्ध अगाडि बढाउँछौं । यो त हाम्रो पार्टीको कार्यक्रम हो । यसमा केही राजनीतिक, वैचारिक निकटलाई लिएर यसरी चर्चा गर्नुहुँदैन ।
नेपाल सरकारका प्रमुखहरु उपस्थिति छ, नेपाल सरकारको कार्यक्रम हो कसरी पार्टीको हुन्छ ?
पार्टीका प्रतिनिधिको हिसाबले उहाँहरु उपस्थित हुनुभएको हो । गत वर्ष पनि भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरीलाई यहाँ बोलाएर उहाँका विचारहरु सुनेका थियौं ।
यसपालि त सिको विचारलाई आत्मसात गर्ने नेपालको विकासमा भन्नुभयो नि ?
सीताराम यचुरीले कुरा गर्दा यसरी भारतमा हामीले कम्युनिस्ट पार्टीको विकास ग¥यौं । फलानो काममा यस्तो ग¥यौं उहाँले पनि भन्नुभयो । त्यसैगरी चीनका नेता यहाँ आएर मात्छे तुंगको नेतृत्वमा यसरी चीनको विकास भयो । त्यसपछि सिले अहिले यस्तो गर्दै हुनुहुन्छ । यसलाई हामीले सिविचारधारा भनेका छौं त ? उहाँहरु त भन्नुहुन्छ । अर्को देशको बारेमा त भन्नु हुन्न । हामीहरु पनि विदेश जाँदा हाम्रो देशको बारेमा ब्याख्या गर्छौ ।
तपाईंहरुले चीनको विचारलाई लिइँरहँदा अरु पार्टीले अरु देशको विचार ल्याए भने के हुन्छ नेपालको हालत ?
तपाईंले भनेको दुवै कुरा अस्वीकार गर्छु । हामीले सिको विचार अगाडि सारेको पनि छैन । आत्मसात गरेका पनि छैनौं । सिको विचारधाराका बारेमा चीनका नेताहरुले सुनाउनु भएको हो । हामीले पनि आफ्ना धारणा सुनाएका छौं । दुवै देशमा कम्युनिस्ट पार्टीले शासन चलाइरहेका मुलुक भएकाले एकअर्काका बीचमा अनुभवहरु साटासाट गरेका हौं । हामीले उहाँहरुका कुरा सुनेका छौं कहाँ विचार आत्मसात गरेको छ ?
हामीले जसरी मित्रराष्ट्रहरुसँग सम्बन्ध राख्नुपथ्र्यो त्यसमा तलमाथि देखियो नि ?
म सबै मित्रराष्ट्रहरुसँग सन्तुलित सम्बन्ध भएको अहिले नै देख्छु । किन भने अहिले सबै मुलुकहरुले हामीप्रति ध्यान दिएका छन् । हाम्रा अधिकारीहरुलाई निमन्त्रणा गरेका छन् । उनीहरु नेपालमा आएका छन् । नेपालले आफ्ना धारणा राखोस् भनेर अपेक्षा गरेका छन् । यो भन्दा राम्रो सबैका लागि सन्तुलित विदेश नीति के हुन सक्छ ?
अहिलेको अवस्थामा भारतीय जनता पार्टीसँग तपाईंहरुको विचार मिल्छ ?
भारतीय जनता पार्टीसँग हाम्रो विचार मिल्दैन । ऊ फरक विचारधारामा आधारित पार्टी हो । नेपाल कम्युनिस्ट पार्टी फरक विचारधारामा आधारित पार्टी हो । पार्टीगत रुपमा भारतीय जनता पार्टीसँग हाम्रो विचार मिल्दैन । तर, सत्तारुढ पार्टी भएको हुनाले भारतीय जनता पार्टीसँग पनि हाम्रो सम्बन्ध छ । स्मरण गराउँछु । गत तत्कालीन हाम्रो प्रचार विभाग प्रमुख योगेश भट्टराईको नेतृत्वमा हामी भारती जनता पार्टीको केन्द्रीय कार्यालयमा गएका थियौं । भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा जाने पहिलो विदेशीको रुपमा हामीलाई नेताहरुले स्वागत पनि गर्नुभएको थियो । त्यस कारण पार्टीगत सम्बन्ध हाम्रो रहन्छ । सैद्धान्तिक, वैचारिक रुपमा हामीले ढाँटेका छैनौं । कम्युनिस्ट पार्टी हौं उसैसँग सामिप्यता रहन्छ ।
तपाईंहरु सिको विचारसँग नजिक र मोदीको विचारसँग टाढा हुनुहुन्छ हो ?
सिको र मोदीको भनेर अनौठो ढंगले प्रस्तुत हुनुभयो । हामी कम्युनिस्ट पार्टी हौ । त्यसैले कम्युनिस्ट पार्टीसँग बढी छलफल र बहस हुन्छ । संसारमा सबै भन्दा धेरै छलफल र बहस कम्युनिस्ट पार्टी भित्रै हुन्छ । अहिले हाम्रो देशका कम्युनिस्टहरु दुई धारमा छन् । एउटा सशस्त्र सघर्षबाट सत्ता कब्जा गर्न सकिन्छ भन्ने छ । अर्को शान्तिपूर्ण ढंगले पनि सकिन्छ भन्ने धार छ । लामो लडाँइ कम्युनिस्टहरु बीचमै चलेको छ । कम्युनिस्टबीचमा समानता छ सबै कुरामा मेलमिलाप छ भन्ने होइन । अन्तर्राष्ट्रिय फोरमहरुमा पनि कम्युनिस्टबीच यो होइन, त्यो होइन भनेर ठूलो विवाद हुने गर्दछ । कसैले संसोधनवादी भन्छ, कसैले अग्रवाद भो भन्छ, कसैले दक्षिणपन्थ भन्छ । यसरी बहस, छलफलहरु आदनप्रदान निरन्तर रुपमा भइरहन्छन् । चिनीया कम्युनिस्ट पार्टीका अध्यक्ष मात्छे तुंगले अगाडि सारेको विचारलाई कुनै समय नेपालका सबै कम्युनिस्टहरुले मानेका थिए । तत्कालीन मालेले मात्छे तंग भन्थ्यो, माओवादीको त अस्तिसम्म हेरिहाल्नुभयो नामै काफी छ । त्यसकारण हामी विस्तारै आपूmलाई परिमार्जन गर्दैछौं ।
तपाईंहरुले सिको विचार नेपालमा लाद्न खोज्नु भएको हो ?
सिको विचारलाई नेपालमा लाद्ने भन्ने कुनै छलफलको विषय नै छैन ।
नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्रीले माफी माग्नुपर्छ भन्नुभएको छ नि ?
म यस्ता नचाहिने कुरा गरेकोमा एनपी साउदजी लाई माफी माग्न अनुरोध गर्दछु । आफ्ना एजेन्डा नभएको बेलामा नचाहिने कुरा ल्याएर मान्छे भड्काउने काम गर्नुहुँदैन । दलहरुका बीचमा सम्पर्क हुन्छन् । यो विषयलाई लिएर नेपाल खतमै भयो भन्ने हल्ला गर्नुभएको छ । यो उहाँहरुको हतास मानसिकताको उपज हो ।
शेखर कोइरालाले त चीनले नेपाललाई हस्तक्षेप गर्नलाग्यो भन्नुभएको छ नि ?
शेखर कोइरालाको अभिव्यक्ति सुनेर मलाई ताजुव लागेको छ । उहाँ यो कार्यक्रम हुँदा चीनको सांघाईमा हुनुहुृन्थ्यो । बेलाबेलामा प्रतिनिधि मण्डलहरु आउने जाने क्रम जारी छ । त्यो कुरालाई चाहिं उहाँहरु हाइलाइट गर्नुहुन्न । आपूmहरु आउने जाने विचार आदानप्रदान गरिरहनुहुन्छ । हामीसँग एउटा कार्यक्रम हुने बित्तिकै चाहिने नचाहिने कुरा ल्याएर यसलाई कसरी कुप्रचार गर्न सकिन्छ भन्नेमा लाग्नुहुन्छ ।
चिनियाँ राष्ट्रपति भ्रमणको तयारी भयो त ?
सरकारी तहबाट भ्रमणका कामहरु भइरहेका छन् । हाम्रा कुटनीतिज्ञहरुले भ्रमणका साना–साना कामहरुदेखि एजेन्डासम्मका विषयमा आफ्नो गृहकार्य तीब्र रुपमा बढाएका छन् । सम्माननीय प्रधानमन्त्रीले यो भ्रमणलाई सफल बनाउन उच्च् महत्वको साथ निर्देशन दिनुभएको छ । चिनीयाँ कम्युनिस्टका विदेश विभाग प्रमुख तथा केन्द्रीय कमिटी सदस्यले यहाँका भ्रमणका विषयमा सिधैं रिपोर्टिङ गर्नुहुन्छ । उहाँले पनि नेपालमा आएर हाम्रा रानीतिक दलका नेताहरुलाई एकचरण भेटेर के–कस्तो तयारी छ भनेर हेर्न खोज्नुभएको छ । राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री त्यसैगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल, विदेश प्रमुख माधवकुमार नेपाल लगायतकधा नेताँहरुसँग भेटघाट, छलफलका बारेमा पनि सबै खाले तयारी भएको बताउनुभएको छ । हामीले पनि नेपालमा चिनका राष्ट्रपति सिलाई स्वागत गर्न आतुर छौं भनेका छौं । नेपालमा लामो समयदेखि चिनीया राष्ट्रपति नेपाल भ्रमण हुन सकेको छैन । त्यसैले यो भ्रमणलाई विशेष बनाउने भन्ने दुवैपक्षको तयारी भएको छ ।
यसमा केरुङ–काठमाडौं रलमार्गको सम्झौतापत्रमा हस्ताक्षेर हुन्छ ?
म अहिले नै यो–यो हुन्छ भन्न सक्दिँन । किन भने सरकारी तहमा भएका क्रियकलापहरु थाहा पाउने ओहदामा म छैन । त्यो सरकारी अधिकारीहरुले नै बताउनु होला ।
नेपाल कम्युनिस्ट पार्टीको सरकारलाई चीनले विशेष सहयोग गर्दै छ ?
कम्युनिस्ट पार्टीको सरकार भएर मात्रै होइन । किन भने नेपालसँग चीनले उच्च महत्व राख्दै आएको छ । हिजो राजाको शासन हुँदाहोस् या नेपाली कांग्रेसको सरकार हुँदा होस् । त्यसै गरी तत्कालीन नेकपा माओवादीको सरकार हुँदा होस् वा एमालेको सरकार हुँदा होस् । चीनले कुनै पार्टी वा व्यक्तिसँग सम्बन्ध राख्दैन । उसले राष्ट्रको रुपमा आफ्नो सम्बन्ध राखेको हुन्छ । कुनै वाद, पार्टी, विचार भन्दा पनि देशसँग राख्छ । हाम्रा दूरगामी महत्वका विषयमा चीनले सघाउँदै आएको छ । नेपालका राजमार्ग स्थापनादेखि आद्योगिक क्षेत्र निर्माणमा सहयोग छ । त्यो अहिले केही विशेष खालको सहयोग घोषणा हुने हामीले विश्वास लिएका छौं ।



प्रतिक्रिया दिनुहोस्