Logo

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै



काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो ३ बजे बस्दैछ । बैठक भातृ संस्थाको विधान, पार्टी समायोजनका बेला उपसभापति विजयकुमार गच्छदारसँग भएका सहमतिअनुसार केन्द्रीय सदस्य थप गर्नेलगायत एजेन्डामा छलफल केन्द्रीत हुने कांग्रेसले जनाएको छ। गच्छदारले १५ केन्द्रीय सदस्य पाउनुपर्ने दाबी गर्दै आएका छन्।

बैठकमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी र उमेद्वार चयनका विषयमा पनि छलफल गर्नेछ । कांग्रेस दोस्रो चरणको जागरण अभियान प्रभावकारी नभएको कार्यकर्ता तहबाटै गुनासो आएपछि त्यसको समिक्षासहित निर्वाचनका विषयमा छलफल गर्न बैठक डाकिएको हो ।

काँग्रेस उपसभापति विमलेन्द्र निधिले बैठकमा उपनिर्वाचन,नेपाल लोकतान्त्रिक फोरम र राजपाबीच समायोजन भए त्यसले पार्टीमा पार्ने असर लगायतका विषयमा छलफल हुने बताए । प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा भ्रातृ सङ्गठनको विधान संशोधन र महाधिवेशनको कार्य्विधिबारे पनि आजको बैठकमा छलफल हुने तयारी रहेको जानकारी दिए । कांग्रेसको संगठन संरचनाको निर्माणपछि नयाँ सदस्यता वितरणको काम बाँकि नै छ ।



प्रतिक्रिया दिनुहोस्