Logo

घरमा एक केजी गाँजा लुकाउने पक्राउ



सुनसरी, १० असोज । एक केजी गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका ७ भलुवा मुसहरी टोल बस्ने हकिम पासवान रहेका छन् । उनलाई ९ असोजको साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले पासवानको घर तलासी गर्दा घरमा लुकाइ राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot