Logo

कतारले नाकाबन्दी गर्ने देशका नागरिकलाई विश्वकप फुटबलमा नरोक्ने



आफूलाई नाकाबन्दी गर्ने देशका नागरिकलाई कतारले विश्वकप फुटबल २०२२ मा नरोक्ने भएको छ । साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनले कतारलाई नाकाबन्दी गरेका छन् । जसका कारण उनीहरुको हवाई रुट प्रयोग गर्न पाएको छैन । ती देशसँगको व्यापार ठप्प छ ।

कतारले नाकाबन्दीका बाबजुद चार अरब मुलुकका नागरिकलाई अवरोध नगर्ने जनाएको छ । कतार विश्वकपका प्रमुख नासिर अल खतेरले बिहिबार पत्रकारहरुसँग बोल्दै विश्वकपमा सबै मुलुकका नागरिकलाई स्वागत गरिने जानकारी दिए । उनको भनाईसँगै कतार विश्वकपमा कुनै अवरोध नहुने भएको छ ।

चार देशले कतारलाई नाकाबन्दी गरी बहिष्कार गरेका छन् । यसमध्ये साउदी अरब र इजिप्टको विश्वकप छनोटको सम्भावना बलियो छ ।
विश्वकपको आयोजक बन्ने मौका पाएपछि कतारमाथि चौतर्फी दबाब परेको थियो । दुनियाँलाई आश्चर्यमा पार्दै अहिलेसम्म विश्वकप फुटबलमा छनोट नभएको कतारले सन् २०२२ को विश्वकपको आयोजक बन्ने सफलता हासिल गर्यो । यो घटनामा अनियमितताको विषय समेत बाहिर आए । विश्वकप आयोजनाका लागि कतारले ठूलो धनराशी खर्च गरिरहेको छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्