Logo

मुद्धाका फरार प्रतिवादी पक्राउ



उदयपुर, १० असोज । मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका १० बस्ने अबिलाश राई लगायत १३ जना प्रतिवादीहरुलाई ९ असोजको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुको घर, ठेगानाबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत उदयपुर गाईघाट पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्