Logo

दशैंका लागि नयाँ नोट वितरण सुरु (भिडियोसहित)



काठमाडौं, १० असोज । नेपाल राष्ट्र बैङ्कले काठमाडौ उपत्यकामा आजबाट दशैंका लागि नयाँ नोट सटही सेवा प्रदान गरेको छ । राष्ट्र बैङ्कसँगै अन्य बैङ्कले नयाँ नोट वितरण गर्न थालेपछि शुक्रबार बिहानैबाट बैङ्कहरूमा सर्वसाधारणको भीड लागेको छ । विगत वर्षहरुका तुलनामा यो बर्ष पहिलो दिन नयाँ नोट लिनेहरुको चाप बैङ्कहरुमा कम देखिएको छ । सेवाग्राहीले आधा घण्टादेखि एक घण्टासम्म लाइनमा बसेपछि नोट पाएको प्रतिकृया दिएका छन् । जेष्ठ नागरिकहरूलाई कार्डको आधारमा लाईन बस्न नपर्नेगरी व्यवस्था मिलाइएको छ ।

दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै नोट सटही सुविधा उपलब्ध गराएको राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैङ्कका अनुसार यो सुविधा असोज १७ गतेसम्म प्रदान गरिनेछ । नेपाल राष्ट्र बैङ्कका अनुसार, उपत्यकाभित्र विभिन्न बैङ्कसँग मिलेर ५, १०, २०, ५० र १०० दरका नोट सटहीको व्यवस्था मिलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्