Logo

संसारकै कान्छि अर्बपत्ति



विश्वको सबैभन्दा उमेरले कान्छी अर्बपत्ति हुन् काइली जेनर । फोब्र्सका अनुसार काइली सन् २०१९ की विश्वको सबैभन्दा उमेरले कान्छी अर्बपत्ति हो । काइली अमेरिकी मोडेलसँगै मिडिया व्यक्तित्व र महिला व्यवसायी पनि हुन् । काइलीको कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ ।

सन् २००७ देखि काइली ई रियालिटी टेलिभिजन श्रृंखला किपिङ्ग अप विथ द कार्डाशियन्समा अभिनय गरिरहेकी छिन् । अमेरिकामा उनको आफ्नै काइली कस्मेटिक कम्पनी छ । उक्त कम्पनी उनले सन् २०१५ देखि काइली लिप किट्सको नामले सञ्चालनमा ल्याएकी थिइन्, पछि नाम परिवर्तन गरेर काइली कस्मेटिक राखेकी हुन् ।

सन् २०१७ मा फोर्ब्सले प्रकाशित गरेको १०० फोर्ब्स सेलिब्रेटीको सूचीमा सबैभन्दा उमेरले कान्छि काइली नै थिइन् । नोभेम्बर २०१८ मा न्यु योर्क पोष्टले उनलाई फेसन उद्योगमा सबैभन्दा प्रभावशाली सेलिब्रिटीको श्रेय दिएको थियो ।

काइलीसँग अढाई २ करोड पर्ने बेन्टले बेन्टायगा, महंगो विलासी रेन्ज रोवर अटोबायोग्राफि, लाम्बोर्गिनी अभेन्टोर, मर्सिडिज जी–वैगन र दुईवटा फरारी गाडीहरु छन् । उनीसँग क्यालिफोर्नियास्थित हिड्न हिल्समा १६ करोड अमेरिकी डलर पर्नै आलिशान १३ हजार दुई सय स्क्वायर फुटको घर छ । काइलीले उक्त ठाउँमा अन्य सम्पत्ति पनि जोडेकी छिन् । उनले त्यही १२ करोड अमेरिकी डलर पर्नै अर्काे भव्य १३ हजार स्क्वायर फुटको घर किनेकी छिन् ।

काइली १९७६ सम्मर ओलम्पिक डेकाथ्लन विजेता ब्रुस जेनर र टिभी व्यक्तित्व क्रिस जेनरकी कान्छी छोरी हुन् । उनको जन्म सन् १९९७ लस एन्जलस, क्यालिफोर्नियामा भएको हो । Photo Source: People



प्रतिक्रिया दिनुहोस्