Logo

भुटानमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु



भुटानको योनफुला एयरपोर्ट नजिकै हेलिकोप्टर दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । शुक्रबार भएको घटनामा मारिएका दुई सैनिक पाइलटको नाम उल्लेख गरिएको छैन । उनीहरुमध्ये एकजना भारतीय र अर्का भुटानी सैनिक पाइलट भएको पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार चीता हेलिकोप्टरमा सैन्य तालिमको टोली थियो । घटनाको कारण बाक्लो बादलले कमजोर भिजिविलिटी रहेको अनुमान गरिएको छ । दुर्घटनाग्रस्त हेलिकोप्टर भेटिइसकेको जनाइएको छ ।

यसबारे थप विवरण आउने भारतीय सेनालाई उदृत गर्दै त्यहाँको समाचार संस्थाले जनाएको छ ।-एजेन्सी Photo Source: IBNS



प्रतिक्रिया दिनुहोस्