Logo

नेकपालाई जनताको एकमात्र पार्टी बनाएर विश्राम लिन्छु : प्रचण्ड



काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई एक वर्षभित्र सम्पूर्ण जनताको एकमात्र पार्टी बनाउने दावी गरेका छन् ।

नेकपा सम्पर्क समन्वय कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा दाहालले एक वर्षमा जनताको एकमात्र पार्टी नेकपा भएपछि मात्र विश्राम लिने घोषणा गरेका हुन् । एकताको केही काम मात्रै बाँकी रहेको भन्दै उनले एकता प्रक्रियामा हात्ती छिरेर पुच्छरमात्रै बाँकी रहेको टिप्पणी गरे ।

एकता प्रक्रियाले लामो समय लिँदा, पार्टी कमिटीहरु गतिशील नहुँदा त्यसले पार्टीलाई नै क्षति पुगेको उनको भनाई छ । तीन महिनामा टुंगिनु पर्ने एकता १५ महिना लागेरै भए पनि टुंग्याएरै छाडेको उनले बताए ।

अध्यक्ष दाहालले कम्युनिस्टहरु चीन जस्तै माथि उड्न पनि सक्ने र जमिनमा खोस्रन पनि सक्ने भएको बताए । झण्डै एक वर्ष कुखरासँग लुटपुटिएको तर अब चिलझैं उडान भर्ने उनको दाबी छ ।

उनले बैज्ञानिक आलोचना गरे त्यसलाई स्वीकार गर्ने तर तथाकथीत आलोचना गरे चूप लागेर नवस्ने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम