Logo

लगातार १२५ घण्टा पढेर मुकेशले राखे गिनिज बुकमा रेकर्ड(भिडियोसहित)



काठमाण्डौ । गिनिज बुकमा नाम लेखाउने उद्देश्यसहित गत ५ असोजबाट लगातार पढ्न सुरु गरेका मुकेशराज जोशीले १ सय २५ घण्टा पूरा गरेर लक्ष्य प्राप्त गरेका छन् ।

पुतलीसडक न्यू प्लाजास्थित नेम स्टीच्यूडमा उनले लगातार पढेर १ सय २५ घण्टा पूरा गरेका हुन् । गिनिज इभेन्ट्स नेपालको आयोजनामा बझाङका जोशीले विभिन्न दर्शन, इतिहास, संविधान तथा त्यहाँ उपलब्ध पुस्तकहरु पढेका थिए । लक्ष्य प्राप्त गरेपछि उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले जोशीले सफलता हासिल गरेर नेपाल र नेपालीको शीर उँचो बनाएको भन्दै बधाई दिएका थिए ।

त्यसैगरी नेकपाका नेता भीम रावलले पनि जोशीले राष्ट्रको नाम फैल्याउने काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माको नाम थियो । उनले ११३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए । केही दिन अधिमात्र नाइजेरीयाका एक युवकले १ सय २० घन्टा पढेर शर्माको ब्रेक तोडेका थिए । तर उनले प्रक्रिया नमिलेर प्रमाण पाउन भने सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्