Logo

निगमको निकम्मा : वाइडबडी विमान ग्राउण्डेड, दैनिक लाखौँ घाटा



काठमाण्डौ । नेपाल वायुसेवा निगमको व्यवस्थापन यतिसम्म कमजोर छ कि भएका जहाजसमेत उडाउन सक्दैन । नेपाल भ्रमण वर्ष नजिकिदै गर्दा पर्यटन क्षेत्रमै असर पर्ने गरी वाइडबडी विमानहरु विमानस्थलमा थन्किएका छन् । करोडौँ रुपैया पार्किङ शुल्क तिर्नुपर्दा निगमको घाटा त बढेको छ नै पर्यटन व्यवसायसमेत प्रभावित भएको छ ।

अन्तराष्ट्रिय क्षेत्रमा ५ देशका ७ गन्तब्य स्थानमा उडान भर्ने पहिलो नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी नेपाल वायु सेवा निगमले हाल ४४ आन्तरिक र २२ बाह्य गरि ६६ गन्तव्य स्थानहरुमा उडान भर्दै आएको छ । निगम आजसम्म आइपुग्दा प्रगतिको साटो घाटामा रहेको छ । निगमका १४ मध्ये ५ जहाज ‘ग्राउन्डेडमा थन्किएर बसेका छन् । थन्किएर बसेका जहाजहरु प्रयोगहीनता त छँदैछ विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ । विग्रिएपछि मर्मत गर्नुपर्ने जहाजलाई थन्क्याइएको सह प्रवक्ता सुलेख मिश्र बताउँछन् ।

निगमका अनुसार शुल्क तिर्न विलम्ब गर्ने वायुसेवाको हकमा ४५ दिनसम्म पाँच प्रतिशत, ६० दिनसम्म १५ प्रतिशत र ९० दिनभन्दा ढिलो गर्ने कम्पनीबाट ३० प्रतिशत जरिबाना लाग्छ । निगमको आन्तरिक उडानमा रहेको ट्विन अटरको भने प्रतिदिन २७.१२ डलर अर्थात् दैनिक ३ हजार ६४ रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्छ ।

बेलामा मर्मत नगरी ठूलो समस्या निम्त्याएर थन्क्याउनु निगमको पुरानो रोग हो । आन्तरिकतर्फ नौ जहाज छन्, तिमध्ये तीनवटा मात्रै उडानमा छन् । आन्तरिक उडानका लागि ट्विनअटर तीन, चिनियाँ वाई १२ ई चार र एमए ६० दुइटा छन् । तीमध्ये ट्विनअटर, वाई १२ र एमए ६० का एक÷एकवटाले मात्रै नियमित उडान गरिरहेको छ ।

निगमले चीनबाट अनुदानमा ल्याएको एक र खरिद गरेको अर्को एक एमए ६० जहाजमध्ये एउटा मात्रै उड्ने गरेको छ । सुरुको एक साता दुइटै जहाज मुस्किलले उडेका थिए । त्यसयता कहिल्यै एकसाथ उडेका छैनन् ।

दसैंको मुखमा विदेशी एयरलाइन्सले नेपाली यात्रु खचाखच ओसारिरहेका छ् । तर नेपाल वायुसेवा निगम भने व्यवस्थि तगर्न छोडेर कानमा तेल हालेर बसेको छ । निगम ३७ अर्ब ऋणमा रहेको छ । नयाँ विमान खरिद तथा मर्मत लगायत विविध कारणले निगमलाई ३७ अर्ब ऋण डुबेको हो ।



प्रतिक्रिया दिनुहोस्