Logo

भारतले संसारलाई बुद्ध दियो युद्ध होइन-मोदी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत युद्धको पक्षमा नभई शान्तिको पक्षमा रहेको बताएका छन् । संयुक्तराष्टको महासभालाई शुक्रबार सम्बोधन गर्ने क्रममा विश्व शान्ति र भाइचारा भारतको संस्कृति र संस्कार भएको बताए ।

‘हामी यस्तो देशवासी हौं जसले संसारलाई बुद्ध दियो युद्ध होइन,’ मोदीले भने, ‘शान्तिको शान्तिको सन्देश दिएको छ ।’ भारतले संयुक्तराष्ट्रसंघीय शान्ति मिसनमा ठूलो बलिदानी दिएको समेत बताए । भारतमाथि पाकिस्तानले युद्ध निम्त्याउन खोजेको आरोप लगाइरहँदा मोदीको भनाई आएको हो ।

मोदीले आतंकवाद विश्वकै ठूलो चुनौती भएको बताए । उनले आतंकवादलाई सबै मिलेर परास्त गर्नुपर्ने बताए ।
भाषणमा मोदीले विकासमा निकै जोड दिए । उनले सबैैको साथ र सबैको विकासको पक्षमा भारत रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्