Logo

काश्मिरमा रक्तपात हुनसक्छ-इमरान



संयुक्तराष्ट्रसंघको महासभामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मिरमा रक्तपात हुनसक्ने बताएका छन् । आफ्नो ३० मिनेट लामो भाषणमा अधिकांश समय भारतको आलोचना गरेका उनले काश्मिरमा भारतले परिचालन गरेको नौ लाख सेना हिंसाका लागि खटाइएको आरोप लगाए ।

उनले प्रश्न गरे, ‘भारतले तैनाथ गरेको नौ लाख फौज काश्मिरको समृद्धिका लागि होइनन्, उनीहरु त्यहाँ के गरिरहेका छन् ? उनीहरु जब निस्कन्छन् तब रक्तपात हुन्छ ।’

भारत र पाकिस्तानबीच युद्ध भएका जे पनि हुनसक्ने चेतावनी समेत दिए । पाकिस्तानका लागि स्वतन्त्रताका लागि अन्तिम समयसम्म लड्नुको विकल्प नभएको बताए । उनले काश्मिरमा रहेका मुसलमान समस्यामा रहेको बताए ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्