Logo

नलिउडमा ‘पहिले शरीर त्यसपछि फिल्म’



नलिउड अर्थात् नाइजेरियाको चलचित्र उद्योग । अफ्रिकामा सबैभन्दा ठूलो उद्योगका रुपमा विकास भइरहेको नलिउडको कालो पक्ष उजागर हुँदै गएको छ ।

बीबीसीले त्यहाँ महिला कलाकारमाथि हुने दुव्र्यवहार र सौदावाजीका लागि वाध्य पारिने अवस्थाबारे रिपोर्ट तयार गरेको छ । जसमा एक नायिका नेने नोयोले आफूलाई फिल्म खेल्नका लागि शरीर मागिएको खुलासा गरेकी छिन् ।

चलचित्रमा रोल पाउनका लागि ती नायिकासँग कम्तिमा दश पटक सम्बन्धको प्रस्ताव राखिएको थियो । तर, उनले त्यसलाई अस्वीकार गरेको बताएकी छिन् । यतिसम्मकी अनुहार उज्यालो बनाउन भनियो जसलाई उनले अस्वीकार गरिन् ।

नायिकाहरुले दुव्र्यवहार पटक पटक भोग्नुपरेको बताए । नलिउडमा नायिका बन्न यस्ता प्रस्ताव राख्ने सामान्य बनेको छ । कलाकारहरु यस्ता काण्डमा मुछिनथालेका छन् । Photo Source: youtube



प्रतिक्रिया दिनुहोस्