Logo

गगन थापाको उद्धघोष : कम्युनिस्ट पार्टीविरुद्ध कांग्रेसले सिकार गर्छ



काठमाडौं, ११ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन कुमार थापाले आफूलाई सिंहको उपमा दिने कम्युनिस्ट पार्टी्विरुद्ध कांग्रेसले सिकार गर्ने घोषणा गरेका छन् ।

आउँदो प्रमुख चाडपर्वका अवसरमा कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ले शनिबार नक्सालमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा पूर्वमन्त्री थापाले कम्युनिस्ट पार्टीले जनताको विरुद्ध कानुन ल्याउन खोजेको भन्दै त्यसको सदन र सडक दुवै ठाउँबाट प्रतिवाद गरिने बताए ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति राजु श्रेष्ठ, तरुण दलका अध्यक्ष जीतजंग बस्नेतलगायतले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्