Logo

मेस्सीसँगै फातीपनि चोटग्रस्थ, गेटाफेविरुद्ध मैदानमा नआउने



काठमाडौं, ११ असोज । बार्सिलोनाका खेलाडी अन्सु फाती चोटग्रस्त बनेको छन । चोटका कारण कप्तान लिओनेल मेस्सले खेलमा योगदान दिन नसकिरहदा अव युवा फरवार्ड अन्सु फातीले पनि जारी स्पेनिस ला लिगामा गेटाफेविरुद्ध नखेल्ने भएका हुन ।

बार्सिलोनाले आज राती गेटाफेको सामना गर्दैछ । समाचार स्रोतका अनुसार फातीको दायाँ घुँडामा समस्या देखिएपछि उनले विश्राम लिनलागेका हुँन । स्रोतका अनुसार अर्काे खेलमा भने उनले सहभागिता जनाउन सक्नेछन् ।

मंगलबार भिल्लारियलविरुद्ध खेलको क्रममा कप्तान मेस्सीले चोट पाएपछि पहिलोे हाफमै उनी मैदानबाट बाहिरिन बाध्य भएका थिए । आजको खेल नेपाली समयअनुसार खेल रातको ७ः४५ बजे हुनेछ ।



प्रतिक्रिया दिनुहोस्