Logo

स्वर गाउन अयोग्य भनिएकी लताको जीवनमा जब आयो ‘आएगा आनेवाला’



‘तिम्रो आवाज निकै मसिनो छ,’ लता मंगेशकर स्वर परीक्षणका लागि जाँदा भनियो । उनको आवाज रुचाइएन । भारतीय संगीत क्षेत्रमा लताले निकै संघर्ष गर्नुपर्यो । सन् १९४० को दशकमा लता रुचाइएकी आवाज थिइनन् ।

मिहेनत र भाग्यले लतालाई उदीयमान स्थानमा पुर्याएको थियो । के एल साइगल, सम्सद बेगम र नुर जहाँ जस्ता गायिकाको दबदबा रहेको भारतीय संगीत जगतमा गुलाम हैनरले लताको क्षमता चिने । उनैले लतालाई महल चलचित्रमा आएगा आनेवाला गीतमा अवसर दिए । उक्त गीतले लतालाई मात्र नभई नायिका मधुवालालाई पनि स्टार बनायो । २० वर्षीया लताले १६ वर्षीया नायिका मधुवालाका लागि गाएको गीतले भारतीय संगित क्षेत्रमा नयाँ इतिहासको मार्ग कोर्यो ।

लता अझै जिवित र सक्रिय छिन् । मधुवालाको धेरै पहिले निधन भइसकेको छ । लता अझै कोकिलकण्ठी बनेर छाइरहेकी छिन् । Photo Source: IBN



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम