Logo

पूर्व राजा ज्ञानेन्द्र शाहको मौनता तोडिँदै



काठमाडौं, ११ असोज । पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला मौन छन् । उनलाई सत्तारुढ दलका शिर्ष नेताहरुले चेतावनी दिएपछि केही समययता मौन छन् ।

पूर्व राजा शाहले राजतन्त्र फर्काउन चलखेल गरेको आरोप छ । उनी पछिल्लो समय बैंकक आवत्जावत् बढाउन थालेका छन् । भारत पुगी उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग भेटेको घटनाले राजनीतिकवृत्तमा तरंग ल्यायो । शाहको गतिविधितर्फ संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सक्रियता नदेखाउन चेतावनी दिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नागार्जुनबाट हटाउने सम्मको चेतावनी दिए । नेकपाका कतिपय नेताहरुले पूर्व राजालाई कारबाही गर्ने बताए । यस घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भयो । पूर्व राजा ज्ञानेन्द्र शाह मौन बसे । उनी काठमाडौं बाहिर जाने भनेको कार्यक्रम पनि रोकियो ।

दशैं शुरु हुनलागेकाले पूर्व राजाको महत्वपूर्ण अभिव्यक्ति आउने भएको छ । उनी निकट स्रोतका अनुसार शाहले देशको पछिल्लो घटनाक्रमलाई दृष्टिगत गरी कडा विज्ञप्ति सार्वजनिक गर्दैछन् । उनले देशमा बढ्दो अराजकता र नागरिकमा बढ्दो वितृष्णालाई समेटेर धारणा सार्वजनिक गर्ने बुझिएको छ ।

प्रत्येक वर्ष दशैंमा पूर्व राजाको धारणा आउने गरेको छ । यसपटक पूर्व राजाप्रति नागरिकको सहानुभूती बढेको र सरकारप्रति असन्तुष्टि बढेकोले उनको विज्ञप्तिले विशेष अर्थ राख्नेछ । File Photo



प्रतिक्रिया दिनुहोस्