Logo

स्वच्छ हावाका लागि उड्न लागेको विमानको आपतकालिन ढोका खोलेपछि (भिडियो सहित)



चिनिया महिलाले बिमान उडान भर्ने क्रममा उक्त विमानको आपतकालिन निकास ढोका खोलेकी छिन् । उनलाई स्वच्छ हावा चाहिएको थियो । विमानभित्र स्वच्छ हावा नभएको भन्दै आपतकालिन ढोका खोलेकी हुन् ।

यो घटना वुहान सहरमा जीयामेन एयरलाइन्समा भएको हो । विमानकी यात्रुले उडान भर्ने क्रममा ढोका खोलेकी हुन् । उनलाई पछि प्रहरी हिरासतमा लिएको छ ।

आपतकालिन ढोका खोलेका कारण विमान लामो समय रोकिएको थियो । उडान भर्न अन्य विमानहरुलाई समेत निषेध गरियो । घटनालाई भिडियोमा उतारेको थियो । चिनिया सामाजिक संजालमा यो निकै लोकप्रीय भएको छ । भिडियोमा विमान भित्र रहेको यात्रुहरु र विमान सदस्यहरु चकित परेको देखिएको छ । महिलालाइ विमान भित्रको कर्मचारीले पहिले सूचना दिएका थिए । आपतकालिन ढोकालाई कृपया नचलाउनु होला तर महिलाले नसुनेको जस्तो गरेर उनले ढोका खोलेकी थिइनन् ।-एजेन्सी Photo Source: youtube



प्रतिक्रिया दिनुहोस्