काठमाडौं, ११ असोज । नेपाली क्रिकेट कप्तान पारस खड्काले क्रिकेटमा देशका लागि नयाँ इतिहास रचेका थिए । टी २० क्रिकेटमा पारसले देशका तर्फबाट शतक बनाउने पहिलो खेलाडीमा नाम लेखाउँदा सिंगापुरमाथि सानदार जित निकाले ।
शनिबार साँझ त्रिदेशीय टी २० सिरिजमा सिंगापुरविरुद्ध जित हासिल गर्ने क्रममा अविजित रही एक सय ६ रन बनाए । उनले ५२ बलमा नौ छक्का र सात चौका प्रहार गरेका थिए । यसअघि कुनैपनि नेपाली खेलाडीले टी २० त्रिकोणात्मक सिरिजमा शतक बनाएका थिएनन् ।
खेलमा पहिले ब्याटिङ गरेको सिंगापुुरले नेपालसामु एक सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसले २० ओभरको खेलमा तीन विकेटको क्षतिमा एक सय ५१ रन बनाएको थियो । जवाफमा ब्याटिङ गरेको नेपालले मात्र एक विकेटको क्षतिमा १६ ओभरमा लक्ष्य भेटेको थियो ।
नेपालका लागि करण केसीले दुई विकेट लिएका थिए । आरिफ शेखसँग पारसको साझेदारीले नेपाललाई जित दिलाएको थियो । फाइल तस्बिर




प्रतिक्रिया