Logo

बेइजिङमा परेवा र ड्रोन निषेध



चीनले कम्युनिष्ट सत्ताको ७० औं वर्षगाँठ मनाउँदैछ । अक्टुबर एकका लागि तय भएको कार्यक्रमचिनको राजधानी बेइजिङमा हुनेछ ।
कम्युनिष्ट सत्ताको वर्षगाँठमा चीन सरकारले बेइजिङ र वरिपरिका सात जिल्लामा परेवा र ड्रोन निषेध गरेको छ । टियानमेन स्क्वायर आफ्नो मिलिटरी परेडको लागि राजधानी पूर्णरुपले बन्द गरिएको छ । यो एक पर्यटक क्षेत्र पनि रहेको छ । निगरानी बढाइएको छ ।

एक विशाल सैन्य परेड बाहेक समारोहमा पार्टी नेता सि जिङपिङको भाषण, प्रदर्शनहरू, आतिसबाजी कार्यक्रम राखिएको छ । करिब एक लाख मानिसहरूलाई समावेश गर्ने “सामूहिक पृष्ठभूमि“ को रूपमा वर्णन गरिएको छ । तीस हजार पार्टीका सदस्यहरू, मोडेल निजामती कर्मचारीहरू र कार्यकर्ताहरू लगायतको सहभागिता रहने जनाइएको छ ।

कम्युनिष्ट सत्ताको वार्षिकोत्वसलाई दृष्टिगत गरी त्यहाँ रहेको बार र रात्री क्लबहरुलाई समेत बन्द गर्ने आदेश गरिएको छ । अमेरिकासँगको व्यापार युद्ध र हङकङको प्रदर्शनका कारण चीनले सुरक्षामा विशेष ध्यान दिएको छ । स्वच्छ हावा र वातावरणका लागि ठूला कम्पनिहरुलाई केही दिनको लागि बन्द गर्ने आदेश दिइएको छ ।

१ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएको थियो । कम्युनिष्ट सेनाले चियांग काई–शेकको राष्ट्रवादी सेनालाई गृहयुद्धमा पराजित गरेपछि सत्ता हातमा लिएको थियो । Photo Source: South China Morning Post



प्रतिक्रिया दिनुहोस्