Logo

इतिहास रचेकोमा पारस खड्कालाई सन्दीप लामिछानेको बधाई



काठमाडौं, ११ असोज । नेपाली क्रिकेट कप्तान पारस खड्काले इतिहास रचेपछि राष्ट्रिय टोलीका बलर सन्दीप लामिछानेले बधाई दिएका छन् । लामिछानेले ट्वीटमार्फत् बधाई दिएका हुन् ।

क्यारेबियन प्रिमियर लिग सीपीएल खेलिरहेका सन्दीप टी २० खेल्न सिंगापुर गएका थिएनन् । उनी नगएपछि पारस रिसाएको विषय बाहिर आइरहँदा सन्दीपले ट्वीट गरी बधाई दिएका हुन् ।

शनिबार भएको खेलमा पारसले देशका तर्फबाट टी २० क्रिकेटमा शतक बनाउने पहिलो खेलाडीमा नाम खेलाएका थिए । उनकै बिष्फोटक ब्याटिङले सिंगापुर पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्