Logo

को हुन द ग्रेट खलि ? यसरी भयो उनको भिमकाय शरिर



काठमाडौं, १२ असोज। रेसलिङ विश्वव्यापीरुपमा लोकप्रिय खेल हो । शक्तिको प्रर्दशन गरेर आफ्नो बाहुबलको रुपमा खेल्ने खेलाडीको संख्या नेपालमा निकै कम छ ।

संसारमा नै चिनीनेगरि ब्यावसायिक रुपमा रिङमा आफ्नो बहुबल देखाउने खेलाडी नेपालमा नरहेपनि छिमेकी भारतका द ग्रेट खलि भने विश्वमा चर्चा कमाउने खेलाडी मध्यका एक नम्वरमा पर्छन ।

लामो शरिर र ताकतले चर्चा कमाएका खेलाडीको रुपमा रहेका खलिको बारेमा आज तपाईलाई जानकारी गराउन गैरहेका छौ ।


द ग्रेट खलीको जन्म २७ अगस्त १९७२मा भारतको हिमाञ्चल प्रदेशमा भएको थियो । एउटा सामान्य गाँउको किसान परिवारमा जन्मेका खली सानो छदा सामान्य बालक सरह नै थिए । वास्तविक नाम दिलीप सिहं राणा रहेका उनी खेल जिवनको नाम खली बाट चिनीने गरेका छन ।


२०१४मा संसारका सबैभन्दा लामा रेसलरको सुचीमा पर्न सफल खलीको बारेमा तपाईलाई सायदै याद होलाकी उनको जिन्दगीमा चर्चीतहुनु भन्दा पहिलेको जिवन मध्यम बर्गीय नै रहेको थियो । उनले आफ्नो घर परिवार चलाउनकैलागि चौकिदारीको कामपनि गरेका थिए ।

आफ्नो लामो शरिरको कारण चाकीदारीमा प्रख्यात रहेका उनको खुट्टामा लगाउने जुत्ताको नाप बजारमा उनले भे्टदैन थिए । उनले आफुले बजारमा जुत्ता बनाउनेसंग सिलाएर नै जुत्तालगाउने गरेको उनि अहिलेपनि सुनाउने गर्दछन ।


१९९०को दशकमा जव अमेरिकामा रेसलिङ चर्चाको शिखरमा थियो त्यो समयमा भारतका कोहिपनि खेलाडी अमेरिकी रिङमा टेक्न सकेका थिएनन ।

त्यहि समयमा भारतमै रहेका खलीले प्रोफेसनल रेसलिङको ट्रेनिङ लिएर आफुले विश्वलाई चिनाउने अठोट गरेका थिए । आफ्नो अठोट पुरागर्नको लागि धेरै नै मेहनत र दुःखका साथ तालिम लिएर आज उनि आफ्नो लक्षमा पुग्न सफल रहेका छन ।


सन् २००० बाट अमेरिकाको सबै रेसलिङ अभ्यास खेलबाट आफ्नो रिङ भित्रको खेलजिवन शुरु गरेका खलीलाई त्यो समयमा जेन्ट खलीको नामबाट चिनीने गर्देथे ।

अमेरिकी रिङमा जानुु पुर्व खलिले जापानमा पनि अभ्यासका सबै खेलहरुमा आफ्नो कोशल प्रर्दशन गरिसकेको थिए । प्रतियोगिताहरुमा सबैको आँखा परेका खलिले त्यसपछिका दिनहरुमा कहिलै पछाडी फर्केर हेर्नु परेन । २००६ मा अमेरिकी रेसलिङको संस्था डब्लु डब्लु ईमा गएर खेल्ने उनि अन्तराष्ट्रिय खेलाडी बनि सकेका थिए ।


डब्लु डब्लु ई मा उनको पहिलो प्रतिस्पर्धा रेसलिङमा प्रख्यात नाम द अन्डर टेकरसंग हुन गएको थियो । रेसलिङको संसारका बादशाह रहेका अन्डर टेकरसंगको उनको प्रतिस्पर्धालाई सबैले चासोको साथमा हेरेका थिए ।

तपाईलाई यो पनि जानकारी गराउ कि त्यो समयमा अन्डर टेकरको नाम संसारमा सारै नै प्रख्यात रहेको थियो । एक्लै उनलाई हराउन सक्ने मानिस केवल औलामा गन्न सकिने मात्र रहेका थिए ।

तर खलीकोलागि भने त्यो खेल नै जिन्दगीको यस्तो मोड बनेर आईदियो कि खलीलाई संसारले राम्रै चिन्ने मौका पायो । अन्डर टेकरसंगको पहिलो खेल बराबरीमा रोकिएपछि उनको बहादुरीको चर्चा रहेको थियो ।


खली आफ्नो ताकत र शरिरले मात्र बलिया तथा ठुला छैनन बलकी उनको मनपनि उत्तिकै बिसाल रहेको छ । उनि आफ्नो आम्दानीको केहि प्रतिशत आफ्नो गाँउको बिकासमापनि रकम दान गरिरहेका हुन्छन ।

सबैमा चासो भएको कुरा हो आखिर यत्रो ज्यान भएका खलिको खाना के रहने गर्दछ त रु उनले खाने आहाराको कुरा गर्नुपर्दा उनि दैनिक रुपमा बेलुका १० लिटर दुध,२० उमालेको अण्डाको साथमा पाँच प्रकारका मिक्स जुसको सेवन गर्ने गर्दछन ।


उनको खानाको तालीका अनुुसार नै आजपनि उनको शरिर फिट राख्न सफल रहेका छन । तपाईलाई खलिको जिवनमा घटेको एउटा घटनाले सायदै बिश्वास लाग्ला तर यो साँचो कुरा के थियो भने एक चोटि खलि आप्नो साथिको घरमा पाहुनाको रपमा गएका थिए ।

उनले साथीको घरमा गएर १० मिनेटमा ४० रोटी आठकिलो तरकारी चार कचौरा दाल खाएर अचम्म पारिदिएका थिए । उनको यो ब्यवहार देखेर उनको साथिकी श्रिमतीले आफ्ना श्रिमानलाई त्यस्ता पाहुना फेरी कहिले नल्याउन चेतावनि दिएकी थिईन । साथीकी श्रिमतीको यस्तो अवस्था देखेर खलिले उनिसंग माफिमाग्नु परेको थियो ।



प्रतिक्रिया दिनुहोस्