Logo

यसकारण काटियो दशैं बिदा



काठमाडौं, १२ असोज । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गरेको छ। दशैंमा दिदै आएको विदामा तीन दिन थप कटौति भएको छ ।

अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं विदा फूलपातिदेखि एकादशीसम्म पाँच दिनमात्र हुनेछ ।

धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको गृह मन्त्रालयको निस्कर्ष रहेको छ ।

 यस अधिका सरकारले निजामती कर्मचारी सहतिलाई दशैको घटस्थापनादेखि नै बिदा दिदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्