Logo

नेपाल र युएईबिच हवाई सम्झौता



काठमाडौं, १२ असोज । शनिबार नेपाल र युनाईटेड अरब ईमिरेट्स युएई बीच हवाई सम्झौता भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई र युएईका अर्थ मन्त्री सुल्तान विन सेहद अल मन्सुरीबिच उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

क्यानाडाको मोन्ट्रेल शहरमा भएको उक्त सम्झौता पश्चात दुई देशबीच बिगतमा भएका समझदारीलाई अनुमोदन गर्दै थप बलियो बनाएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि अन्तरराष्ट्रिय नियम तथा अनुबन्धनहरुको परिपालना गर्दै दुई देशबीचको हवाई सेवालाई थप सुरक्षित र बिश्वासिलो बनाउन तथा सहयोगको आदान प्रदान गर्न मदत पुग्ने मन्त्रालयको विश्वास रहेको छ ।

फोटोः संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको फेसबुक पेजबाट



प्रतिक्रिया दिनुहोस्