Logo

ट्रेन्डिङको नम्बर एकमा “छक्का पन्जा २”



नेपाली चलचित्र “छक्का पन्जा २” ट्रेन्डिङ नम्बर एकमा पर्न सफल भएको छ । हल प्रदर्शनको दुई वर्षपछि युटुबमा रिलिज भएको यो चलचित्र अहिले ट्रेन्डिङमा पुगेको हो । चलचित्र रिलिज भएको पाँच दिनमा करिब ४८ लाखले हेरिसकेका छन् भने आठ हजारले प्रतिक्रिया दिएका छन् ।

दिपाश्री निरौला निर्देशित यो चलचित्रले हलबाट करिब १४ करोड ग्रस कलेक्सन गरेको थियो । चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र “छ माया छपक्कै” पनि यसै चलचित्रको निर्माण टिमको हो । यो चलचित्र २४ असोज गतेबाट प्रदर्शनमा आउँदै छ ।



प्रतिक्रिया दिनुहोस्