Logo

बसमा चरेश बरामद, शंकास्पद पक्राउ



धादिङ, १२ असोज । प्रहरीले बसबाट एक केजी चरेश बरामद गरेको छ । थाक्रे गाउँपालिका ७ हाप्सेचौर चेक प्वाइन्टस्थित ना.५ ख ७०७० नम्बरको बसबाट अवैध लागूऔषध चरेश एक केजी प्रहरीले बरामद गरेको हो ।

मकवानपुरबाट काठमाडौं जाँदै गरेको उक्त बस जाँच गर्ने क्रममा सिट भन्दा माथि झोला राख्ने ठाउँमा प्रहरीले उक्त पदार्थ फेला पारेको हो । बसका चालक र बसमा सवार शंकास्पद एक जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

फाइल तस्विर



प्रतिक्रिया दिनुहोस्

Screenshot