Logo

किन लिँदै छन् आयुष्मान फिल्मबाट ब्रेक



बलिउड अभिनेता आयुष्मान खुरानाले फिल्मबाट ब्रेक लिने भएका छन् । फिल्मबाट सबै दर्शकको मन जिति रहेका उनले आफ्नो श्रीमती र बच्चालाई समय दिनको लागि छोटो विश्राम लिन लागेका हुन् ।

दुई वर्षदेखि फिल्ममा व्यस्त भएका आयुष्मान स्वयंमलाई ब्रेक कति लामो समयको लागि हुन्छ भन्ने थाहा छैन । उनले १५ नोभेम्बरबाट ब्रेक लिन लागेका छन् । अहिले आयुष्मान अभिनीत फिल्म ‘ड्रिम गर्ल’ प्रदर्शनरत छ ।

आयुष्मानले समय–समयको ब्रेकले आफुलाई जवान राख्न पनि मद्दत गर्ने बताउँदै “शुभ मंगल ज्यादा सावधान” पछि ‘बाला’ को प्रमोसनमा व्यस्त हुने जनाएका छन् । उनले फिल्म “बाला” पछि कुनै फिल्म साइन गरेका छैनन् । उनको नयाँ फिल्म ‘बाला’ २२ नोभेम्बरमा रिलिज हुँदैछ । Photo Source: SimplyAmina



प्रतिक्रिया दिनुहोस्