Logo

कपाल झरेको भए चिन्ता नगर्नुहोस्, आयो कपाल उमार्ने नयाँ प्रविधि



पुरुषमा धेरै कुराको डर हुनेगर्छ । त्यसमध्य कपाल झर्ने समस्या पनि हो । यसले धेरैलाई मानसिक तनाव पनि दिन्छ ।

अब आत्तिनुपर्दैछ । कपाल उमार्ने नयाँ प्रविधि आएको छ । यसमा शरीरकै ऊर्जा प्रयोग गरिन्छ । कपाल उमार्नको लागि वैज्ञानिकहरुले नयाँ प्रविधि पत्ता लगाएका हुन् । यस प्रविधिको नाम “लो कस्ट हेयर ग्रोथ सिमुलेटिंग प्रविधि” हो । यस उपकरणले हाम्रो शरीरबाट निस्किने उर्जालाई बटुलेर प्रविधिका माध्यमले शरीर सित मिलेर कम आवृत्ति हुने विजुलीहरूसँग उत्प्रेरित गदर्छ । जसले कपालको उत्पादन पुनः सक्रिय पार्न मदत गर्छ ।

उपकरणले सुरुको चरणमा झरेको कपाललाई उमार्न सक्ने क्षमता राख्दछ । यो प्रबिधि मानिसको शरीरको तापक्रमले चल्ने भएको कारण यसलाई ब्याट्रीको आवश्यकता नरहेको बताए । यस उपकरणको पहिरन निकै सजिलो रहेको छ । यसलाई टोपी जस्तो लगाएर राख्न मिल्ने समेत बताए ।

प्रविधिको मद्यतले निस्क्रिय भएको कूपहरुलाई पुनः उमार्न सक्ने बताइएको छ । यस प्रविधिले शरीरमा रहेको अरु तत्वको विकासमा पनि मद्यत पुर्याउँछ । यस प्रविधिको केही अन्य असर नहुने समेत बताइएको छ । कुनैपनि असर नपर्ने भएकाले कपाल उमार्न यसले फाइदा पुग्ने दाबी गरिएको छ ।

कपाल उमार्ने उपकरण पत्ता लगाउन रौं झरेको मूसामा परीक्षण गरिएको थियो । मुसाको रौ पनि आयो । मुसामा कुनै प्रकारको क्षति पनि पुगेन । यसको सफल परीक्षणपछि प्रविधि सार्वजनिक गरिएको छ । उपकरणस्वचालित हुने भएकाले प्रयोग गर्न निकै सजिलो हुने बताइएको छ । एजेन्सीको सहयोगबाट Photo source: Science daily



प्रतिक्रिया दिनुहोस्