Logo

यता घर जल्यो उता विदेश घुम्याघुम्मै गायक राजेश



चर्चित गायक राजेशपायल राई यतिबेला कोरियामा छन् । विभिन्न सांगीतिक कार्यक्रमको लागि राई कोरिया पुगेका हुन् । कोरियाबाट कार्यक्रमकै लागि राई बेलायत जाने जनाइएको छ । राई आयोजकसँग अमेरिका र क्यानडामा पनि दुई महिनाको कार्यक्रमको सम्झौता गरेका छन् ।

कार्यक्रममा व्यस्त राई आफ्नो घरमा त्यति ठूलो आगलागी हुँदा पनि कार्यक्रमको सिलसिलामा कोरिया मै थिए । उनले सामाजिक सञ्जालमार्फत नै दुःख व्यक्त गरेका थिए भने आफुनो त्यो दुखत घडिमा सहयोग गर्ने छिमेकी, नेपाल प्रहरी र दमकललाई धन्यवाद दिएका थिए । आगोले मानवीय क्षति भने गरेको थिएन ।

सरकारले घोषणा गरेको भ्रमण पर्यटक वर्ष २०२० लाई लक्षित पारेर विभिन्न संघ संगठनहरुले फरक फरक विदेशी भूमिमा नेपालको सांस्कृति झल्किनेगरी कार्यक्रमहरु गर्दैछन् भने केही गर्ने क्रममा छन् । कार्यक्रम आयोजकहरु सबैले कार्यक्रमले देशलाई बढी भन्दा बढी पर्यटन भित्र्याउन मद्दत गर्ने विश्वास राखेका छन् । राईसँग अन्य कलाकारहरु कार्यक्रमका लागि विदेश पुगेका छन् । Photo Source: rajeshpayalrai Instagram



प्रतिक्रिया दिनुहोस्