Logo

स्नातक पढ्न प्लास्टिक सर्जरी



दक्षिण कोरिया आफैमा निकै विकशित देश मध्ये एक हो । यहाँका बासिन्दाहरु पनि सुन्दर हुने गर्छन् । यस्तो आधुनिक युगमा कोरियाली युवतीहरु अत्यधिक मात्रमा आफ्नो शरीरलाई लिएर विभिन्न प्रकारको परिक्षण गराउँछन् । युवतीहरु मुख, ओठ, आँखाको माथिल्लो भाग परिवर्तन गरेर आफुलाई सुन्दरी बनाउँन विभिन्न सर्जरीहरु गर्ने गर्छन् । सर्जरीपछि शरीर र व्यवहारमा आउने परिवर्तनले उनीहरु अत्याधिक मात्रामा खुसी हुन्छन् ।

यस्ता सर्जरीहरु विद्यालयको पढाई सकेर स्नातक तहमा अध्ययन गर्ने क्रममा युवातीहरुले गर्ने गरेको पाइन्छ । यो प्रविधि प्राय कोरियाली मानिसहरुले अपाउने गरेका छन् । कोरियाली सरकार आफ्नो नागरिकहरु पढाईसँगै सौन्दर्यमा पनि अब्बल भएको धारणा राख्दछ । कोरियालीहरु सर्जरीले आफुलाई आत्मा विश्वासका साथ कुनै पनि सामाजिक मञ्चमा हिन्ताबोध हुन नदिने विश्वास गर्छन् । त्यँहाका बासिन्दाहरु ऐना धेरै हेर्ने गर्छन् ।

कोरिया बासिन्दाहरुको आँखा धेरै सानो हुने भएकोले अधिकांश युवातीहरुले दुईवटा परेला बनाउँने गरेका छन् । यो हेर्दा निकै राम्रो हुनेहुदा निकै प्रख्यात भएको छ । सौन्दर्यसँगै आफ्नो पढाईलाई पनि धेरै गम्भीर विषय मान्ने त्यँहाका विद्यार्थीहरु आफ्नो बिदाको समय मिलाएर सर्जरी गर्छन् । यस्तो प्रकारको सर्जरीहरु भविष्यमा धेरै देशहरुमा प्रख्यात हुने अनुमान छ । Photo Source: The Atlantic 



प्रतिक्रिया दिनुहोस्