Logo

मानिसको कपालले गर्छ करोडौ कमाई



महिलाहरु आफ्नो कपाललाई लिएर अत्याधिक गम्भीर हुने गर्छ । महिलाको सुन्दरताको लागि कपालले निकै भूमिका खेल्ने गर्छ । कपालले महिलालाई आकर्षित बनाउने गर्छ ।

आजकलको आधुनिक युगमा महिलाहरु पनि आफ्नो कपाललाई लिएर धेरै हेरविचार गर्ने गर्छन् । यस्तो पनि देश छ, जहाँ महिलाको कपाल पनि हुँदैन । अफ्रिकन देशहरु निकै पिछडिएको देश मानिन्छ ।

त्यँहाका मानिसहरुलाई अझै खान समेत मुस्किल छ । अत्याधिक गर्मीका कारण उक्त देशमा माहिलहरुले आफ्नो कपाल काट्छन् भने कतिपय महिलाहरुको कपाल नै हुँदैन ।

विश्वको विभिन्न ठाउँबाट अफ्रिकन देशमा कपाल आयात हुने गर्छ । अत्यधिक मात्रामा आयात हुने कपाल अफ्रिकन महिलाहरु किनेर लगाउने गर्छन् । यस किसिमको व्यापारले निकै पैसा बटुलेको छ ।

महिलाहरु आफुले कमाएको पैसाबाट धेरै पैसा कपाल किन्नेमा खर्च गर्छन । अफ्रिकन मुलुक व्यापारको हिसाबले सुख्खा मानिन्छ । तर, कपालको व्यापारले गर्दा वर्षमा करिब ६ अर्बको व्यापार हुन्छ । यो व्यापार बढ्दो क्रममा छ ।

पश्चिमी मुलुकका महिलाहरु आफ्नो अनुहारलाई लिएर निकै खर्च गर्छन् तर अफ्रिकन महिलाहरु आफ्नो कपाललाई लिएर सो भन्दा बढी पैसा खर्च गर्छन् । यो व्यापारले उद्यमी र लगानीकर्तालाई एकदम फाइदा पुर्याएको छ ।

औषतमा अफ्रिकन महिलाले कपालको लागि करिब २५० डलर खर्च गर्छन । सबै महिलाहरुले एकै प्रकारको कपाल प्रयोग गर्ने भएकोले उनीहरु हप्ता हप्तामा आफ्नो कपाल पर्वितन गर्छन् ।

अफ्रिकन मुलुकले भारत, चीन, दक्षिणी अमेरिका, मलेशियाबाट निकै मात्रामा कपालको आयात गर्छ । कपालको लम्बाईले मूल्य निर्धारण गर्छ । यस किसिमको व्यापारले अफ्रिकनहरुलाई निकै सहुलियतसँगै मुलुकबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ । Photo Source: Time 



प्रतिक्रिया दिनुहोस्