Logo

गढीमाई पञ्चवर्षीय मेलामा राष्ट्रपतिको मोबाइल सम्बोधन



बारा । विश्व प्रख्यात धार्मिक एतिहासीक एवम पर्यटकीय स्थल बाराको प्रसिद्ध गढीमाई पञ्चबर्षीय मेलाको शोभा यात्रा सुरु भएको छ ।

मेलाको शोभा यात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भनिएपनि मौसम प्रतिकूल हुँदा जान सम्भव भएन । कार्यक्रमस्थलमा सहभागि हुन नसक्नुभएकी राष्ट्रपति भण्डारीले टेलिफोनबाटै सम्बोधान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले सम्बन्धित सबै निकाय मिलेर मेलालाई सफल बनाउन आग्रह गरेकी छिन् । त्यस क्षेत्रको विकासको खाँचो औँल्याउँदै भण्डारीले पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने बताइन् ।

कार्यक्रममा गढीमाई मंन्दिर बिकास तथा संचालन समितिको अध्यक्ष रामचन्द्र साहले गढीमाई मेला जिल्लाको मात्र नभै राष्ट्रको मेला भएको जिकिर गरे ।

मेलाको पूर्वसन्ध्या घटस्थापनाको अवसर पारेर शोभा यात्रा निकाल्ने चलन छ । मेला भने आउँदो मंसिरदेखि सुरु हुने छ । शोभा यात्रापछि मेला तयारीमा जुट्ने समितिले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्