Logo

विमानको शौचालयमा यात्रु फस्दा विमाननै फर्कियो



डेन्वर अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको संयुक्त एयरलाइन्सको फ्लाईट ११५४ ले आपत्तकालीन अवतरण गरेको छ ।

२८ सेप्टेम्बर वाशिंग्टन देखि सान फ्रान्सिस्कोको लागि उडेको उक्त विमानले उडेको केहि समयपछि अवतरण गरेको हो । विमानमा सवारी एक महिला यात्रु शौचालयमा फसेपछि विमानलाई पुनः अवतरण गरेको जनाइएको छ ।

ट्वीटर मार्फत विमानभित्र रहेका यात्रुहरुले उद्धार अपरेसन गरी विमानस्थललाई जनाकारी गराएका थिए । प्रविधिक खराबीका कारण शौचालयको ढोका नखुलेपछि महिला त्यँही फसेको एयरलाइन्सले जनाएको छ । आवतरणपछि उक्त महिलालाई शैचालयबाट सुरक्षित निकालिएको छ ।

विमान निर्धारित समयभन्दा करिब साढे २ घण्टापछि सान फ्रान्सिस्कोमा अवतरण भएको थियो । महिलालाई केहि क्षतिपूर्ति नदिएर विमानमा रहेका सबै यात्रुसँग क्षमा मागिएको थियो । Photo Source : Fox News



प्रतिक्रिया दिनुहोस्