Logo

चुरे बोर्डका सदस्यद्ले दिन थाले राजीनामा



काठमाडौं, १३ असोज । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको प्रधान कार्यालय काठमाडौं वा भरतपुर कहाँ राख्ने भन्ने विवाद चलिरहँदा बोर्ड सदस्यहरूले राजीनामा दिन थालेका छन् ।

प्रधान कार्यालयको टुंगो लाग्नुअगावै बोर्ड सदस्य मोतीलाल रिजालले राजीनामा दिएका हुन् । तत्कालीन वनमन्त्री शंकर भण्डारीले नियुक्त गरेका उनले वन तथा वातावरण मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

नदी प्रणालीमा आधारित भएर काम गर्ने गुरुयोजनाअनुसार काम गर्न बजेट र कार्यक्रम बनाए पनि मन्त्रालयले हस्तक्षेप गरेर काम गर्ने वातावरण बिथोलेपछि राजीनामा दिएको रिजालले बताए ।

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नारासहितको गुरुयोजना मन्त्रिपरिषद्ले २०७४ मा पारित गरेको थियो । समितिले त्यही गुरुयोजनाअनुसार हरेक आर्थिक वर्षमा नदी प्रणाली संरक्षण गर्नेगरी कार्यक्रम अघि बढाइरहेको थियो ।

यो पटक मन्त्रालयले महत्त्वपूर्ण कार्यक्रम हटाएर टुक्रे कार्यक्रममा मात्र राखेपछि समितिका पदाधिकारीले प्रश्न गर्दै आएका थिए । रिजालले आफ्नो राजीनामा पत्रमा समितिको नेतृत्वप्रति पनि प्रश्न उठाएका छन् ।आजको कान्तीपुरमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्